सुर्खेत । प्रथम बङ्गालादेश अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा कर्णाली प्रदेशको सुर्खेतबाट सहभागि भएका तीन जना खेलाडीहरुले विभिन्न पदक जित्न सफल भएका छन् ।
उक्त प्रतियोगितामा एकल पुम्से र टिम पुम्से गरी गंगाराम आचार्यले २ कास्य, ४९ केजी तौल समुहमा दिप्ति नेपालीले १ रजत र ४० केजी तौल समुहमा सुसान्त बुढाले १ कास्य पदक जित्न सफल भए ।
विजेता आचार्य एसोएस हर्मन माइनर स्कुलका शिक्षक हुन् भने बुढा सोहि विद्यालयका विद्यार्थी हुन् यस्तै नेपाली एसोएस हर्मन माइनर विद्यालयकी पूर्व विद्यार्थी हुन् ।
बङ्गालादेश तेक्वान्दो संघले यहि अक्टोबर १९ देखि २२ तारिखसम्म राजधानी ढाकामा प्रतियोगिताको आयोजना गरेको थियो ।
झिल्को खबर । ५ कार्तिक २०८०, आईतवार ०६:३४