सुर्खेत। कर्णाली प्रदेश सभाका विषयगत समितिहरुको नेतृत्व चयन गरिएको छ। आज आईतवार समितिका सदस्यहरू मध्यबाट निर्वाचित गरिएको हो।
दलहरुको सिफारिसमा सभामुख नन्दा गुरुङले विषयगत समितिमा सदस्य मनोनित गरेकी थिइन्।
आईतबार सम्पन्न निर्वाचन अनुसार सर्वसहमतिले सार्वजनिक लेखा समितिको सभापतिमा जित बहादुर मल्ल, प्रदेश मामिला समितिको सभापतिमा कल्याणी खड्का, सामाजिक विकास समितिको सभापतिमा घनश्याम भण्डारी र अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा दुर्गा बहादुर रावत चयन भएका छन्।
निर्वाचन पाछि आजै सभामुख गुरुङले निर्वाचित समितिका सभापतिहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन्।
यि हुन् समिति र तिनका सदस्यहरू
प्रदेश मामिला समिति
१. कल्याणी खड्का – सभापति
२. जानकी सिंह
३. टेकराज पछाई
४. दक्षिणा शाही
५. पूर्ण बहादुर खत्री
६. महेन्द्र केसी
७. रणसिंह परियार
८. सुरेश अधिकारी
सार्वजनिक लेखा समिति
१. जीत बहादुर मल्ल –सभापति
२. जीवनबहादुर शाही
३. तुलसा मल्ल
४. धिरेन्द्र बहादुर शाही
५. लक्ष्मी सुनार
६. विन्दमान विष्ट
७. सन्तोषी शाही
अर्थ तथा प्राकृतिक स्रोत समिति
१. दुर्ग बहादुर रावत – सभापति
२. बलिमाया बुढा
३. विजय बुढा
४. बिर बहादुर शाही
५. विनोद कुमार शाह
६. शेर बहादुर बुढा
७. हिक्मत बहादुर विष्ट
सामाजिक विकास समिति
१. घनश्याम भण्डारी – सभापति
२. कल ब हमाल
३. गोमत विका
४. ईन्द्रा कुमारी शाही
५. जुमकित लामा कार्की
६. मिलन खड्का रोका
७. यामलाल कडेल
८. राजीव विक्रम शाह
झिल्को खबर । १४ जेष्ठ २०८०, आईतवार २०:२९