दशौं राष्ट्रिय खेलकुदको १०० दिन काउन्टडाउन शुरु, कर्णाली द्वारा लोगो,मस्कट प्रस्तावको रुपमा प्रस्तुत

सुर्खेत । आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँने दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन १०० दिन बाँकी रहदा कर्णाली प्रदेश खेलकुद विकास परिषदले काउनडाउन शुरु गरेको छ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य उद्घाटन स्थल निर्माणाधिन कर्णाली प्रदेश रंगशालामा शनिवार आयोजना गरिएको कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट राष्ट्रिय खेलकुद परिषदलाई कर्णालीबाट प्रस्तावको रुपमा प्रस्तुत गरिएको छ ।

कर्णाली प्रदेशले शनिवार प्रस्तावको रुपमा सार्वजनिक गरेको दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगोमा सातवटा रंगमा सात वटा प्रदेशका खेलाडी, कर्णालीको हिमाली भेगमा पाइने नेपालको राष्ट्रिय चरा डाँफे, नेपालको राष्ट्रिय झण्डा, बगिरहेको कर्णाली नदि अंकित लोगो राष्ट्रिय खेलकुद परिषदलाई प्रस्तावको रुपमा पठाइएको छ । उक्त लोगोको रचयता भने विकास तमखु रहेका छन् ।

यस्तै कर्णालीले सार्वजनिक गरेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट भने कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लव बन्य जन्तु रेडपाण्डा रहेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषदले सरोकारवाला सबैको सुझाबमा रेडपाण्डालाई मस्कटको रुपमा राष्ट्रिय खेलकुद परिषदलाई पठाइएको कर्णाली प्रदेश खेलकुद विकास परिषदले जनाएको छ ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा गर्न तयार रहेको बताए । यस्तै कर्णाली प्रदेशले सार्वजनिक सूचना मार्फत कर्णाली खेल गीतको शब्द रचना तयार गरी संगीत गरिएको गीतको समेत शनिवार मन्त्री भणडारीले सार्वजनिक गरेका थिए । उक्त कर्णाली खेल गीतका शब्द रचनाकार जाजरकोटका राम बहादुर शाही ‘क्षितिज समर्पण’ रहेका छन् भने उक्त गीतमा संगीत सन्ताष श्रेष्ठले गरेका छन् ।

के छ कर्णाली प्रदेशको १० औं राष्ट्रिय खेलकुदको तयारी

कर्णाली प्रदेश खेलकुद विकास परिषदले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको १०० दिने काउनडाउन शुरु गरेसँगै परिषदले पाँच मुख्य कामलाई ध्यान दिएर अगाडी बढेको परिषदका सदस्य–सचिव विश्वामित्र संज्यालले बताए । सदस्य सचिव संज्यालका अनुसार परिषदले पहिलो प्रथामिकतामा राखेका पाँच काम मध्ये पूर्वाधार, बसोबास ,यातायात, स्वास्थ्य र सुरक्षा रहेका छन् ।

‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्व तयारीका बारेमा जानकारी दिदै सदस्य–सचिव संज्यालले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजना स्थल प्रदेश रंगशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी कार्य असोजसम्म सम्पन्न गर्ने कार्य योजना तयार रहेको बताए । यस्तै हुम्लामा हक्की खेल मैदान,रारामा कबड्डीको खेल मैदान र जुम्ला,कालिकाट, दैलेख र रुकुम पश्चिममा इनडोर कवर्डहल तयार भएको संज्यालको भनाई छ ।

सदस्य–सचिव संज्यालका अनुसार जाजरकोटमा भने टेवल टेनिसको लागि खेल पूर्वाधार तयार रहे पनि केहि मर्मत सुधार गर्नु पर्ने छ ।
‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन मितिसम्म प्रदेश रंगशाला र वीरेन्द्रनगर वरिपोरी भित्र करिब १६ वटा खेल खेलाउन मिल्ने पूर्वाधार तयार हुने छन्,’ ‘सदस्य–सचिव संज्यालले भने, ‘ क्रिकेट खेल मैदान २ वटा, रग्वी खेल मैलान १ वटा, वी।न।पा ५ चिसापानीमा फुटबल मैदान निर्माण सम्पन्न भइसकेको छ भने सुर्खेत पूर्व मेहनकुना देखि पश्चिम बाबियाचौर सम्म विभिन्न संघ संस्था र पालिकाहरुले निर्माण गरेका मैदानहरु पनि थप व्यवस्थित गरेर प्रयोग गरिने छ ।’

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेलहरु समावेश भए पनि १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक कर्णाली प्रदेशले भने २४ वटा खेल खेलाउन सक्ने गरी खेल तालिका र सोहि अनुसार बसोबासलाई व्यवस्थित गर्न दशौ राष्ट्रिय खेलकुद उद्घाटन हुनु भन्दा ६ दिन अगाडी बाटै केहि खेलहरु शुरु गर्ने गरी प्रस्तावित तालिका र खेल संख्या राष्ट्रिय खेलकुदलाई पठाइसकेको सदस्य सचिव संज्यालको भनाई छ ।

उनका अनुसार बसोबासलाई व्यवस्थित गर्न अब केहि न्यूनतम् पूर्वाधार भएका सुर्खेत भन्दा बाहिरका जिल्लाहरुमा केहि खेल खेलाउनु पर्ने र धेरै जसो खेलहरु सुर्खेत भित्रै आयोजना हुँने भएकाले यसका लागि खेल तालिका लम्ब्याएर बसोबास व्यवस्थित गर्नु पर्ने छ । यसमा थप ३ वटा विभागहरुले आफ्ना खेलाडीहरुको बसोबासको व्यवस्थापन विभागले नै गर्नु गरी विभागहरुसँग थप छलफल हुँने छ ।

यो सँगै १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक प्रदेश कर्णाली प्रदेशले तोकिएको मितिमा प्रतियोगिता संचालन गर्न कुनै समस्या नभएको बताएको छ ।