पन्जाब लिगको दोस्रो स्थानमा उक्लियो

एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब सुपर किंङ्स सातौं जितका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ।

पन्जाबले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको छ। जितको लागि २ सय ३७ रनको लक्ष्य पछाएको लखनउ २० ओभरमा ७ विजेट गुमाउँदै १ सय ९९ रनमा समेटियो।
लखनउका खेलाडीहरू ब्याटिङमा कमजोर बने। यही नै हारको कारण बन्यो। २७ र। जोड्दा माथिल्लो क्रमका तीन ब्याटर मिचेल मार्स विना रनमा, आइडेन मारक्रम १३ रनमा र निकोलश पुरन ६ रनमा आउट भए।

लखनउको लागि आयुष बडोनीले ४० बलमा ५ चौका र ५ छक्का सहित टिमको लागि सर्वाधिक ७४ रन जोडे।
अब्दुल सामदले ४५ रन बनाए। यसबाहेक अन्य खेलाडी सस्तो रनमा समेटिए।

बलिङमा अर्षदीप सिंहले ४ ओभरमा मात्र १६ रन दिएर सर्वाधिक ३ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबका खेलाडीहरूले राम्रो प्रदर्शन गरे। २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३६ रनको योगफल खडा गर्यो।

ओपनर प्रियांन्स आर्या १ रनमा आउट भए पनि अन्य खेलाडीले इनिङ्स सम्हाले। प्राभसिम्रन सिंह सँग दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गरेर जोश इङलिस ३० रनमा आउट भए।

यसपछि प्राभसिम्रन र कप्तान श्रेयश अयरले तेस्रो विकेटको लागि ७८ रनको साझेदारी गरे। श्रेयश २५ बलमा ४५ रन जोडेर आउट भए। प्राभसिम्रनको प्रदर्शन उल्लेखनीय रहयो। उनले ४८ बल खेल्दै ६ चौका र ७ छक्का सहित ९१ रनको सानदार पारी खेले। सशांक सिंह अविजित अविजित ३३ रनमा क्रिजमा रहे।

बलिङमा आकाश सिंह र दिगभेष राथीले २÷२ विकेट झारे।
यस्तै प्रिन्स यादवले १ विकेट लिए्।

पन्जाब ११ खेलमा सातौं जित सहित १५ अंक जोड्यो। यो सँगै पन्जाब दोस्रो स्थानमा उक्लिएको छ। पन्जाब लिडर आरसिबी भन्दा १ अंकले पछि रहेको छ।

लखनउको ११ औं खेलमा यो छैटौं हार हो। लखनउसँग १० अंक रहेको छ।