बिद्यालय भवन हस्तान्तरण

रकुमपश्चिम । भुकम्प प्रभावितक्षेत्र रुकुमपश्चिमको सानो भेरी गाउँपालिका १०अर्माम स्थित श्री सरस्वतिमाध्यमिकबिद्यालयको नवनिर्मित दुई तले पक्किभवनहस्तान्तरण गरिएको छ ।

०८० कार्तिक १७गते रातिगएको भुकम्पलेउक्तबिद्यालयको भवनहरु पुर्णरुपले क्षेतिभई भवनअभावले बिद्यार्थीहरु खुल्ला चौरमा पढ्दै आएकाथिए । छा—याँनेपालको आर्थिक सहयोगमानिर्मित उक्तदुई तले पक्किभवनशुक्रबार हस्तान्तरण गरिएको सानो भेरी गाउँपालिका—१० का वडा अध्यक्ष टिका राम खड्काले बताएकाहुन ।

छा—याँ नेपाल काठमाडौंको पुर्नलाभकार्यक्रम र सानो भेरी गाउँपालिका बिच ०८१ जेठ २५ गते भएको सम्मझौताअनुसार६०लाख८५हजार ९ सय ९९ रुपैया छा—याँ नेपालको ८० प्रतिशतर गाउँपालिकाको तर्फबाटहुनआउने १७प्रतिशतको१२ लाख ९३हजार २ सय ७५ रुपैया र ३ प्रतिशतबिद्यालयको तर्फबाट २ लाख २८ हजार २ सय २५ रुपैया बराबरको स्थानिय सामग्रीप्रयोग गरी उक्तभवननिर्माण गरिएको छा—याँ नेपाल कर्णालीप्रदेशकाप्रबन्धकमिनबहादुर रावलले बताएका छन । रावलकाअनुसार भुकम्पले बिद्यालयकाभवनक्षेतिबनाए पछी खुल्ला चौरमा पढ्न बाध्यभएकाबिद्यार्थीहरुकालागीभवन निमार्ण हुनु भन्दापहिलाबाँसबाट निर्मित दुई वटा अस्थाई टहरा समेत निमार्ण गरिएको थियो ।

२ सय १३जनाबिद्यार्थी रहेको यो बिद्यालयमाकक्षा १देखी १२ सम्म पढाई हुने गरेको छ ।दुई बर्ष अगाढी गएको भुकम्पले यो बिद्यालयकाभवनहरु क्षेति भएपछीबिद्यार्थीहरु भवनको अभावले खुल्ला चौर र बाँस बाट निर्मित अस्थाई टहरामा पढ्न बाध्यभएका बिद्यार्थीहरुकालागी चार कोठे दुई तले भवन निमार्णभईहस्तान्तरण भएपछीबिर्थीहरुकालागी राहतभएको बिद्यालयब्यवस्थापन समितिका सदस्य घमण्ड बहादुर बिकले बताए ।

बिद्यालयकाप्रधानध्यापक नर बहादुर खड्काकाअनुसार भुकम्पलेगर्दा बिद्यालयकाभवन हरु क्षेति भएपछी बिद्यार्थीहरुलाई भवनअभावले खुल्ला चौरमा पढाउनु पर्नेबाध्यताथियो ।बर्षात, हावाचर्को घामको सामनागर्दैबिद्यार्थीहरुलाई खुल्ला चौरमा पढाउनु पर्दा उनिहरुलाई कुनै बेलाबस्ने ठाउँ अभावले दिउसै घर पठाउनु पर्नेबाध्यताथियो अहिले भवन निमार्ण भई बिद्यालयलाई हस्तान्तरण भएपछी केही राहतभएको उनले बताएका छन ।

उक्तबिद्यालयमाकक्षा १० माअध्यनरत सुनिल खड्का कक्षा९ माअध्यनरत अमुता खड्काले आफु जस्तै अन्यकक्षाकाबिद्यार्थीहरु दुई बर्ष सम्मभवनअभावले खुल्ला चौरमाझरी, हावा घाम नभनी पढ्न बाध्यभयौं । बर्षातका बेलावोत लाग्ने ठाउँ नहुदा पढाई छोडेर घर जानु पथ्र्योअहिले नयाँभवन निमार्ण भएको छ ।भवनअभावलेनै पढाईमाअवरोधनहुने उनिहरुले बताए ।

भुकम्पले तहसनहस गराएको बिदालयको पुर्ननिमार्णको काममा सरकारले ढिलाई गरिरहेकै बेला छा—याँनेपालले यति छिटै भवन निमार्ण गरी बिद्यालयलाई हस्तान्तरण गर्नुनै नमुनायोग्यकामभएको सानो भेरी गाउँपालिकाअध्यक्षबिर्ख बहादुर बिष्टले बताएकाछन ।भवनहस्तान्तरण कार्यक्रममागाउँपालिकाउपाध्यक्षकमला रोका छा—याँ अष्ट्यिा परियोजनाप्रवन्धकमारियानी हार्डिलिकालगाएतको उपस्थितथियो ।