ग्वार्को ओभरपासस् खुसिमा उब्जिएका प्रश्नहरू

सडक पूर्वाधारमा खुशी र आशाको सिम्फनीस्

वालकले पहिलोपटक पाइला चाल्दाछर्ने खुशी कति अनुपम हुन्छ१ चारैतिर ताली,आँखामा आशाका चमकसँगैंफोटो खिचिन्छ रभिडियो बन्छ। आहा १ ती जीवनसुरुका आशाका पाइलाहरु कति महत्वपूर्ण र गर्विला हुन्छन्।ग्वार्को ओभरपासले ल्याएको खुशी पनि यस्तै हो। काठमाण्डौ उपत्यकामा ट्राफिक जामको कोलाहलबीचग्वार्को चोकमा एउटा नयाँ संरचना उभिएको छ, ग्वार्को ओभरपासू।प्रधानमन्त्रीकोउद्घाटन र ट्राफिक प्रमुखको हातबाट रिबन काटिएसँगैजामको जन्जालबाट फुत्किएर लामो सास फेर्ने सो क्षेत्रका सडक प्रयोगकर्ताहरुको सपना पुरा भएको छ।त्यो लामो जामबाट मुक्ति पाउने भएपछि लामो सास फेर्न पाउनु ( यो भन्दा ठूलो खुशी हाम्रो लागि के हो ररुतर सत्य कुरा यो हो, सडक पूर्वाधार प्रविधिमा हामी बल्ल आशाका पाइलाहरुसार्दैछौं। हाम्रो वास्तविक अवस्था यही छ।

निर्माण सम्पन्न गर्न लागेको लामो समय र म्याद थप, पटक पटकका प्राविधिक इस्युज, निर्माणाधीन अवस्थामा हुने स्वाभावीक करेक्सन इस्यूज, लामो समय ट्राफिक डाइभर्सनले निम्त्याएको जाम इत्यादि सँगै बिगत चार वर्षदेखि बेलाबेलाका टिप्पणीले चर्चा पाएको ूग्वार्को ओभरपासू परियोजनाले सफलता हात पारेको छ। कतिले यसलाई ूफ्लाईओभरू भनेका छन। उल्लेखित इस्युहरु र नामको संधर्वमा सडक विभागले केहि समय अगाडी बिज्ञप्ति जारि गर्नुपरेको थियो। कारण,वास्तविकताको गहिराइ बिना चर्चाको लागि सोसल मिडियामा सबै विज्ञ बन्नु, इन्जिनियर बन्नु हो। तर पनि मैले ूग्वार्को ओभरपासू नै भन्ने छु।विकसित देशमा पुरानिसकेको तर नेपालको लागि नयाँ प्रविधि मानिएकोग्वार्को ओभरपासमा प्रयोग भएको टेक्नोलोजी कम लागत, सरल प्राविधि, निर्माणमा लचकता र वातावरणीया दृष्टिले उत्तम मानिएपनि स्थान अनुपयुक्तता र यसको स्वीकृतिको प्रश्न भने उठिरहेको थियो। यो मेरो अन्तस्करणको प्रश्न पनि हो।सयाद सम्बन्धितलाइ पनि अब अन्य परियोजनाको लागि सिकाइ महसुस पक्कै पनि भयो होला, हुनेछ रु तथापि अब ग्वार्कोको रिङ्गरोडमा गाडीहरु सलल बग्नेछन्, विना कुनै अवरोध। अनि मंगलबजार इमाडोल सवारीले भने राहतको स्वास फेर्दै, केहि चनाखो हुदै सडक पार गर्नुपर्ने देखिन्छ। किनकि सर्भिस लेनकका क्रस सवारी र उही दिशाका पैदल यात्रीहरुको आवतजावत सोहि अन्डरपासबाट नै हुनेछन।जे होस् ग्वार्को चोकमा सवारी जामको बृहत समाधान भएको छ।

यथार्थको ऐनामा उब्जिएका प्रश्नहरूस्

फेरी पनि, ललितपुरको ग्वार्को चोक, उपत्यकाको व्यस्त र जटिल यातायात क्रसिग जक्सन मध्ये एक हो।कन्फ्लिट पइन्ट मिनिमाइज गरीयहाँको यातायात प्रवाहलाई सुचारु बनाउन एउटा ूफ्लाईओभरू निर्माण गर्ने योजना बन्यो।पछी फरक परेको अवस्था बाहेक मैले दस्तावेजमा प्राप्त अन्तिम डिजाइन बिवरण अनुसार यसको प्रमुख भौतिक संरचना वालकुमारी पट्टी ३२० मिटर, सातदोबाटो पट्टी १८५ मिटर र ३५ मिटरको ओभरहेड ब्रिज सहित जम्मा ५४० मिटरको ूमेकानिकल्ली स्टेबलाईज अर्थफिल वालूकोब्लाइन्ड र्याम्प सहितको ूग्रेड सेपेरेटेड क्रसिङू हो। जसको अधिकतम उचाई ६ मिटर भन्दा केहि बढी छ। जुन ओभरहेड ब्रिजको उचाई अर्थात अन्डरपासको क्लियरेन्स हो। यस भित्र कयौँ जटिल प्राविधिक विषयहरु भएपनि मुलभुतरुपमा ूप्रीकाष्ट प्यानलूको फेस देखिने संरचना यहि नै हो।जुन संरचना अहिले ठडिएको छ।यस्तै, यसको कहानीलेबताउछ ( सीमित स्रोतले कसरी प्राविधिक डिजाइनमा कन्जुसाई ल्याउँछ। ३१ करोड बढीको लागत अनुमान गरिएको काम पौने १८करोडमा सकिएको छ। चार वर्षभन्दा बढी समय लागेको छ। यसले हाम्रो योजना र कार्यान्वयनको क्षमताको यथार्थ चित्र देखाएको पनि हो।
यस्तै, यो केवलयातायात संचालनको अवसर मात्र नभई शहरी विकासका आधारभूत सिद्धान्तको अवसर पनि बन्नु पर्छ।यो केवल एउटा माटो र कंक्रिटको थुप्रो मात्र होइन, यो हामी नेपालीको विकासप्रतिको तिर्खा, आशा र प्रविधिमा बामे सर्दै गरेको एउटा खुसीको प्रतीक बन्नु पर्छ।यो हाम्रो देशको सडक पूर्वाधारमा एउटा नयाँ प्रविधिको इँटा थपिएको खुसी पनि हो।यो खुसीको लहरले हामी कति आशावादी छौँर कति सकारात्मक सोच राख्छौँ भन्ने पनि देखाउँछ।तर, यो खुसीको पटाङ्गिनीभित्र केही यथार्थहरूका गुञ्जन पनि छन्, जसले मलाई सोच्न बाध्य पारेको छ।सडक पूर्वाधार प्रविधिमा हाम्रो सोच,अवस्था र स्थान कहाँ छरुनेपालमा सडक क्षेत्रका दिग्गज विद्वान् तथा विज्ञहरू थुप्रै हुनुहुन्छ।सडक विभागसँग वर्षौँको अनुभव छ। र त्यहाँ झन् दिग्गज अग्रज विज्ञहरु हुनुहुन्छ।तैपनि क्षमा माग्दै,ग्वार्को ओभरपासबाट केहि शिक्षा लिदै भविष्यको बाटो तय गर्ने हो किरु यहाँहरुलाई ज्ञात कुरा नै सम्झाउनेप्रयास गरेकोछु।निर्माण सम्पन्नता पश्चात संचालन भएसगैं रभविष्यमाूग्वार्को ओभरपासूले घना शहरी योजना, यातायात व्यवस्थापन र आर्थिक तथा सामाजिक गतिशीलताका विभिन्न पक्षहरूलाई अप्रत्यक्ष प्रभावित पार्ने केही प्रश्नहरू खडा गरेको छ।प्राविधिक दृष्टिलेके यो ूफ्यूचर प्रुफूछ रु के भविष्यमा यो संरचनालाइूएक्स्पान्डूवा ूमोडिफाइूगर्न सकिन्छरु अर्थात यसको ूफ्लेक्सिबिलिटिूअसम्भव छ।यस्तै सामाजिक आर्थिक तथा मनोबैज्ञानिक दृष्टिकोणमा, केसबै किसिमका पैदल यात्रीको लागिूएक्सेसिविलीटी र मोभिलिटीूको लागि ूयुनिभर्सल डिजाइनू छ रु के यो घना शहरीक्षेत्रमा ूसामाजिक र मनोवैज्ञानिक ब्यारिअरू रहितको संरचना होरु के यसले सडक वार(पारको ूआर्थिक र व्यापारिकू गतिविधि र प्रभावलाई कुनै असर नगर्लारुके यसलाई ूवातावरणीय फ्रेन्ड्ली र एस्थेटिकल्लीवेलू संरचना भन्न सकिन्छरुयस्ता यस्ता प्रश्नहरु मेरो मथिङ्गलमा उब्जिएका छन। यी र यस्ता प्रश्नहरुको उत्तर हामीले बनाउने संरचनाहरुमा अनिवार्य हुनुपर्दछ। विशेषगरि घना सहरी क्षेत्रमा निर्माण हुने सबै जसो भौतिक संरचनाहरुमा त झन् अनिवार्य हुनुपर्दछ। जहाँसम्म लाग्छ ूग्वार्को ओभरपासू सँग माथिका प्रश्नहरुको उपयुक्त उत्तर छैन।

यी सबैको कारक हो हाम्रो स्रोतको सिमितता, प्राविधिक डिजाइनमा कन्जुस्याइँ, अनि सस्तोमा काम चलाउनेबाध्यता। त्यसैलेकल्पना गरौँ त, घना शहरी क्षेत्रमा यो अत्यधिक लामोूब्लाइन्ड र्याम्पूले पैदल यात्रीहरूका लागि, विशेष गरी अपाङ्गता भएका व्यक्तिहरू, वृद्ध नागरिक र बालबालिकाहरूका लागि कति गम्भीर अवरोध बन्न सक्छ।यसले सो क्षेत्रको सडक वारिपारिमा आर्थिक तथा सामाजिक विभाजन, व्यापारिक र मनोवैज्ञानिक अवरोधहरू सिर्जना पक्कै गर्नेछ,महसुस पछी हुनेछ।निर्माण सामग्री र प्रविधि वातावरणमैत्री भएतापनि भविष्यमा वातावरणीय पक्षमा पनि यसको असर कम छैन।यो ब्लाइन्ड संरचनाले शहरी हरियाली क्षेत्रमा प्रत्यक्ष क्षति पुर्यापउँछ नै। विशेषगरि शहरी क्षेत्रमा यातायात व्यवस्थापनको दृष्टिकोणबाट मात्र हेर्दा, यो ुब्लाइन्ड र्याम्पुकुशल मानिएला।तर भविष्यमायसले यातायात प्रवाहलाई झन् जटिल बनाउँनसक्नेछ र वैकल्पिक यातायातका माध्यम र साधनहरूको विकासमा बाधा सिर्जना गर्नेछ।यो डिजाइनले शहरी गतिशीलताको दक्षतालाई केहि कमजोर पार्न सक्छ। त्यसैले सिमित ठाउँ वा जमिन भएको घना शहरी योजनाका मूल सिद्धान्तहरूसँग खास यस प्रकासको संरचनाले मेल खाँदैन नै भन्ने मेरो निस्कर्ष हो। तर कम घनत्व र संरचना भएको ग्रामिण क्षेत्र जहाँ साधारणतया दुईवाट ूएक्सप्रेस(वेहरु बीचू एक्सिस कन्ट्रोल गर्ने उद्देश्यको लागि सबैभन्दा सस्तो, साधारण र उपयुक्त संरचनाको रुपमा यसलाई पहिलो रोजाइको रुपमा लिन सकिन्छ।

फ्लाइओभर कि ओभरपासरुपरिभाषामा हराएको अर्थ

फ्लाइओभर र ओभरपास ९वा ओभरब्रिज० शब्दहरू प्रायः एकअर्काका पर्यायवाचीझैँ प्रयोग गरिन्छन्, तर यी संरचनाहरूको डिजाइन, प्रयोजन र प्रयोगको सन्दर्भमा महत्वपूर्ण भिन्नता पाइन्छ। ‘फ्लाइओभरसामान्यतः शहरी क्षेत्रमा, जटिल ट्राफिक व्यवस्थापनका लागि, धेरै लेन, चोक, वा अवरोधहरू पार गर्न बनाइने अग्लो, लामो र जटिल संरचना हो। यसमा प्रायः घुमाउरो र्याम्प, धेरै जडान बिन्दु, र धेरै तह ९मल्टिलेभल० हुन्छन्।तसर्थ,शहरी क्षेत्रमा, जहाँ ठाउँको अभाव हुन्छ, जटिल ट्राफिक ढाँचा हुन्छ र उच्च सवारी चाप हुन्छ, त्यहाँ फ्लाइओभरहरू बढी उपयुक्त हुन्छन्।यसले धेरै ट्राफिक ूम्यानुभरु को सम्बोधन सक्छ र भूमिको अधिग्रहण आवश्यकतालाई कम गर्दछ।यसलाई प्रायः क्लोभरलिफ वा स्ट्याक इन्टरचेन्ज जस्ता जटिल इन्टरचेन्जहरूको भागको रूपमा प्रयोग गरिन्छ।

ओभरपास९ओभरब्रिज० भनेको साधारणतया एउटा सडक, रेलवे, वा अन्य संरचनामाथि अर्को सडक वा पैदल यात्री मार्ग पार गर्न बनाइने साधारण, सिधा र छोटो स्पानको साधारण पुल हो। यसको उद्देश्य मुख्यतस् दुई मार्गबीचको क्रसिङलाई सुरक्षित बनाउनु हो।रग्रामीण भेग जहाँ पर्याप्त भूमि उपलब्धता, कम बजेट र सरल ट्राफिक ढाँचाकालागि ओभरपास बढी उपयुक्त हुन्छ।

हाम्रो संस्थागत कमजोरी र सोचको अभाव

नेपालमा पूर्वाधार विकासको निर्णय प्रक्रिया ुनवप्रवर्तनु भन्दा ुफाइल क्लोज गर्नेु सिधा बाटोमै चलेको छ। यहाँ नवप्रवर्तनले कानुनि मान्यतापाउँने त के, बरु उल्टै दिमागी दुरुपयोगको दाग र ट्याग सँगै रातोघरको ढोका सम्म उभ्याउने निश्चित बनाउछ।यस्ता सम्भावित डर र समस्याको कारण हामीमा विशुद्ध प्राविधिक(केन्द्रित दृष्टिकोण, सीमित परामर्श प्रक्रिया र अल्पकालीन दृष्टिकोण विद्दमान छनर यी बाध्यता हुन्। अर्को हाम्रो ब्यवहारमा पनि समस्या नभएको होइन।हामि इन्जिनियरहरूले मुख्य रूपमा ट्राफिक प्रवाह र प्राविधिक मापदण्डहरूमा ध्यान केन्द्रित गर्छौँ, जबकि मानवीय र सामाजिक पक्षहरूलाई न्यून महत्त्व दिन्छौँ। स्थानीय समुदाय, यातायात विशेषज्ञ, वास्तुविद् र सामाजिक तथा मानोवैज्ञानिकविदहरूसँग व्यापक परामर्श प्रक्रिया सञ्चालन गर्नु आवस्यक हुन्छ तर गरिदैन। गरेपनि प्रक्रियामा मात्र सिमित हुन्छन्।तात्कालिक यातायात समस्या समाधानमा मात्र ध्यान दिइन्छतर दीर्घकालीन शहरी विकासको समग्र योजनालाई पर्याप्त महत्त्व दिइदैन। यो हाम्रो यथार्थ र बिडम्बना हो। अबनवप्रवर्तनले कानुनि मान्यता पाउनुपर्छ र हामीले पनि व्यवहारमा ल्याउनुको विकल्प छैन।

अबको बाटोस् मानव(केन्द्रित, लचिलो रदिगो समाधान

अब बन्ने हाम्रा आधुनिक संरचनाहरुमापूर्ण समावेशी,दिगो र मानव(केन्द्रित दृष्टिकोण अपनाउनु अपरिहार्य छ।शहरी विकासका आधुनिक सिद्धान्तहरूलाई ध्यानमा राख्दै, हामीले एक बहु(आयामीक र दीर्घकालीन दृष्टिकोणबाट योजना निर्माण गर्नुपर्नेछ, पर्छ। उद्घाटनमा प्रधानमन्त्रीले बोल्दै भन्नुभयो अब यस्ता संरचनाहरु थप बन्छन्। यो राजनीतिक भाषा थियो तर पनि मेरो मनमा चसक्क बिज्यो। अब चक्रपथको कलंकी चावहिल कोटेश्वोर खण्डको निर्माण हुदैछ। यो रिङ्गरोडमा मात्र होइन,राजधानीका कुनैपनि सडक जक्सनहरुमाूग्वार्को ओभरपासू जस्तोूब्लाइन्ड ब्यारिअरू संरचना अब प्रस्ताव र स्वीकृत नहोस, नगरियोस, मेरो अनुरोध।अबको हाम्रो छनोटमानव(केन्द्रित डिजाइनसहितकाबहु(स्तरीय मोडुलर फ्लाइओभर डिजाइनमा हुनुपर्छ।विशेसगरी काठमाडौँ जस्तो उपलब्ध सिमित जमिनलाइ मध्यनजर गर्दैूसेन्टर लाइन पायरू र ूक्यान्टिलेभर प्रोजेक्टेटू सहितको ूएलिभेटेट क्यारिज(वेू को अवधारणा समावेश हुनुपर्छ। जहाँ सिमित जमिनलाइ बहुउपयोग गर्न सकियोस।आर्थिक पक्षमाप्रारम्भिक लगानीकेहि बढी रमहगो हुने भएतापनि माथि उठका सबै प्रश्नहरुको लगभग जवाफ हुन्छ, समाधान हुन्छ।यसको ूप्यूचर फिल्क्जिविलितीु सम्भव हुन्छ।यस्तो डिजाइनले शहरी क्षेत्रमा न्यूनतम भौतिक प्रभाव पार्दछ , यातायात प्रवाहलाई अधिक कुशल र व्यवस्थित बनाउँछर भविष्यमा संरचनात्मक विस्तारका लागि पर्याप्त अवसर प्रदान गर्दछ।यसको लागि उन्नत भूकम्प प्रतिरोधी डिजाइन, स्मार्ट सामग्रीको छनोटर प्रीफेब्रिकेटेड मोड्युलर कम्पोनेन्टहरूको प्रयोग महत्वपूर्ण हुन्छ।अब दीर्घकालीन किफायती, कम मर्मत र प्रभावकारीतिर हाम्रो ध्यान जानुपर्छ।जसले प्राविधिक क्षमता, सामाजिक आवश्यकता र पर्यावरणीय संवेदनशीलतालाई सन्तुलित गर्न सकोस।
अन्त्यमा,ग्वार्को ओभरपास—यसले हामीलाई खुशी, आशा, र प्रविधिको स्वाद त दिएको छ, तर सँगै गम्भीर प्रश्नहरू पनि छोडेको छ।अबका संरचनाहरूले ती प्रश्नहरूको जवाफ दिन सक्नुपर्छ।विकसित देशका सहरी क्षेत्रमा ग्रेड सेपरेटेड फ्लाइओभरहरूगहनाजस्तैलाइटवेट, मोडुलर, फ्यूचर(प्रूफर एस्थेटिक इन्टिग्रेसनसहितका हुन्छन्।जुन, हेर्दा सुन्दर, लचिलोर वातावरणमैत्री हुन्छन्। नेपालमा पनि, अब ‘फ्यूचर रिजिड स्टक्चरको साटो, ‘फ्यूचर फ्लेक्सिबलर ‘मोडुलरसंरचना, जसमा मिनिमल फुटप्रिन्ट, मोड्युलर कन्स्ट्रक्सन, फ्यूचर एक्सपान्सन क्यापेबिलिटी र एस्थेटिक इन्टिग्रेसन रोज्नुपर्ने समय आएको छ।अब शहरी क्षेत्रमा ग्वार्कोको यस्तो ुप्यूचर रिजिड स्ट्रक्चरु लाई पूर्ण रूपमा निरुत्साहित गर्दै नयाँ प्रविधिकामोड्युलर लाइट स्ट्रक्चरु,न्यूनतम जमिन ओगट्ने, र सबैका लागि पहुँचयोग्य संरचना निर्माण हाम्रो प्राथमिकता हुनुपर्छ। अनिमात्र, सहरको मुटुमा, भविष्यको सपना बोकेर, हामीले बनाउने पुलहरू केवल गन्तव्य जोड्ने होइनन्, मन, भावना र सम्भावनाका पुल बन्नेछन्।र यो नै विकासको असली अर्थ पनि।

रावल कर्णाली सरकारका सिनियर डिभिजनल इन्जिनियर हुन्।