
सुर्खेत । दैलेखको भैरबी गाउँपालिकामा मंगलबार राति एक ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
भैरबी गाउँपालिका–६ तीजडाँडा नजिकै ना.प्र.०२–००१ त ५९१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा नारायण नगरपालिका–१ कुइकानाका इश्वर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले ट्याक्टर तीजडाँडाबाट डाँडामाडीतर्फ आउँदै गर्दा दुर्घटना भएको जानकारी दिए ।
दुर्घटनामा परी सहचालक भैरबी गाउँपालिका–४ निवासी १९ वर्षीय सुन्दर बिष्ट सामान्य घाइते भएका छन् । घाइते बिष्टको उपचारप भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झिल्को खबर । ११ असार २०८२, बुधबार १६:१०