
काठमाण्डौ । सुनको भाउ आज एकैदिन झन्डै ३ हजार रुपैयाँले घटेको छ । सुनको भाउ २ हजार ९ सयले घटेर तोलाको १ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको १ लाख ९२ हजार ३ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको भाउ सामान्य घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
झिल्को खबर । १३ असार २०८२, शुक्रबार १५:३१