उसु खेलाडी दीपक र शिवजी चीन जाने

सुर्खेत । चीनमा सुरु हुने प्रथम थाउलु र दोस्रो शान्ता एसिया कपमा दुई नेपाली उसु खेलाडीले भाग लिने भएका छन्।

चिलिङ शहरमा असार १८ देखि २३ गते सम्म ( जुलाई २ देखि ७ तारिख सम्म) हुने प्रतियोगिताको थाउलुमा दीपक हमाल र सान्ताको ९० केजी तौल समूह मुनी शिवजी सिलवालले प्रतिस्पर्धा गर्ने भएका छन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आज उनीहरु शुभकामना सहित बिदाइ गरे । सो अवसरमा परिषदका बोर्ड सदस्य हिमाल कुमार श्रेष्ठ लगायतको उपस्थिति थियो।