कालिकोट सुनथराली विमानस्थल नियमित संचालनमा ल्याउन नेता शाहीको सरकारलाई आग्रह

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का युवा नेता एवं कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले कालिकोटको सुनथराली विमानस्थलमा नियमिति उडानको लागि तत्काल पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै नेता शाहीले यस्तो आग्रह गरेका हुन् । उनले विमानस्थल बनाउन चार दशक लागेको भन्दै बल्ल बल्ल बनेको विमानस्थलमा सरकारले नियमित उडान गर्न तत्काल पहल गर्नु पर्ने बताए ।

‘जिल्ला सदरमुकाम मान्मबाट सुनथराली विमानस्थलसम्म पुग्नको लागि एक दिन लाग्छ, ‘नेता शाहीले भने,’ ‘ त्यसको लागि कोटबाडा मान्मा केवलकारको सम्भाव्यता अध्ययन भइसकेकाले संघीय सरकारकाले केवलकार बनाउनको लागि तत्काल पहल लिनु पर्छ ।

साना तथा ठुला व्यापारीहरुले राजस्व बुझाउनको लागि राजस्व बुझाउनु पर्ने रकम भन्दा दोब्बर रकम तिरेर अहिले पनि जुम्ला जानु पर्ने बाध्यता रहेको भन्दै उनले कालिकोट जिल्लामा राजस्व कार्यालय तत्काल स्थापना गर्नु पर्ने माग समेत गरे ।