पूर्पक्षका लागि कारागार चलान भए वडाध्यक्ष विनोसिंह विष्ट

सुर्खेत । जिल्ला अदालत सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विनोद सिंह विष्टलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । न्यायाधिस मनोज श्रेष्ठको एकल इजलाशले डाका तथा चोरी मुद्दमा वडाध्यक्ष विष्टसहित तीन जनालाई कारागार चलान गर्ने फैसला भएको हो । विष्टसँगै सुशिल गुरुङ्ग र बलिराज शाही कारागार चलान भएका छन् ।

वडाध्यक्ष विष्टलाई २४ असारमा वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो । पाँच जनामध्ये दुई जना सन्तोष थापा र यामराज शाही भने दुई÷दुई लाख धरौटीमा रिहा भएका छन् ।