कर्मचारी र जनप्रतिनिधि मिले पचालझरना नमुना बनाउन सक्छौ – अध्यक्ष शाही

सुर्खेत । कालिकोट पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाही ‘अग्नी’ले कर्मचारी र जनप्रतिनिधि मिले मात्रै गाउँपालिका नमुना बन्न सक्ने बताएका छन् ।

स्थानीय सरकार संचालन सम्बन्धि कर्मचारीहरुको क्षमता अभिबृद्धी तालिमको समापन मार्यक्रममा बोल्दै अध्यक्ष शाहीले यस्तो बताएका हुन् ।

सकरात्मक सोच हुदा हुदै पनि अध्यायनको कमी भएका कारण गाउँपालिकाको प्रशासनिक काममा कहिलेकाही समस्या आउने गरेको भन्दै उनले कर्मचारी र जनप्रतिनिधिहरुले स्थानीय सरकार संचालन ऐन, कानुन सम्बन्धि सबैले ज्ञान लिनु पर्ने भएकाले यो तालिमको आयोजना गरिएको बताए ।

‘पचाल झरनालाई कस्तो बनाउने भन्ने कर्मचारीहरु र जनप्रतिनिधिहरुको एकतामा भर पर्छ,’ ‘अध्यक्ष शाहीले भने,’ ‘कर्मचारी र जनप्रतिनिधिहरुमा बुझाइ र काममा एक रुप्ता भयो भने हामीले हाम्रो गाउँपालिकालाई सबैभन्दा नमुना बनाउन सक्छौ ।’

कानुन र विधिले दिए सम्म कर्मचारीहरुलाई सेवा सुविधा दिन आफु लागि पर्ने भन्दै उनले कर्मचारीहरुलाई सकरात्मक सोच राखेर काममा खटि आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन दिए । गाउँपालिकाले १४ वटा कार्यविधि र मस्यौदा बनाएको बारे जानकारी दिदै अध्यक्ष शाहीले विज्ञ प्रमुख प्रशासकीय अधिकृत पाएकोले यसमा बजेट खर्च गर्नु नपरेको उल्लेख गरे ।

४ दिन सम्म चलेको कर्मचारीहरुको क्षमता अभिबृद्धी तालिममा गाउँपालिका भित्रका नौं वटै वडाका सचिव र विभागिय प्रमुखहरुको सहभागिता रहेको थियो । उक्त तालिममा जनतालाई सेवा कसरी दिने र कार्य सम्पादनका विभिध विषयमा आफुलाई ज्ञान भएको योजना तथा अनुगमन शाखामा कार्यरत तुल्सीराम चौधरीले बताए ।

राजस्व परिचालन,नेपालको कर प्रर्णाली र स्थानीय सरकार संचालनका बारेमा तालिमबाट आफुले धेरै कुरा सिकेको र कार्यक्षेत्रमा जादा अब कानुनी कुरामा आफुलाई अप्ठ्यारो नहुने वडा नं. ४ की सचिव बसन्ती थारुको भनाइ छ ।

तालिममा कर्मचारीहरुको आचरण, पालना गर्नु पर्ने नियमका विषयमा पुराना र नयाँ कर्मचारीहरुको बीचमा भएको बिमर्शले यस्ता तालिमको आवश्यकता झन बढि भएको र आउने दिनमा पनि गाउँपालिकाले यस्ता क्षमता अभिवृद्धि खालका तालिमलाई निरन्तरता दिनु पर्ने महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सपना शर्मा र वडा नं. ९ का सचिव विनोद बहादुर शाहीको भनाई छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर वि.क.ले कर्मचारीहरु स्थाई सरकार भएकोले जनप्रतिनिधिहरुलाई सफल बनाउने जिम्मा कर्मचारीहरुको भएको बताए । पद अनुसारको काम गरे मात्रै जनप्रतिनिधिका सपना साकार हुने भन्दै प्रमुख प्रशासकीय अधिकृत वि.क.ले स्थानीय सरकारको हात खुट्टा भनेको नै कर्मचारी भएको उल्लेख गरे ।

काम गर्दा जहिले पनि इमानदारिता हुने पर्ने भन्दै उनले अरुसँग विवाद गर्नु भन्दा पहिला आफु तिर पहिलो प्रश्न गरे मात्र अरुलाई उत्तर दिन सक्ने ठाउँमा जाने क्षमताको विकास हुने भएकोले पद मात्र भएर नहुने भन्दै काम गर्ने क्षमताको पनि विकास गर्न जरुरी भएको बताए ।

तालिम पछि प्रमाण पत्र ग्रहण गर्दै
तालिममा सहभागि विभागका प्रमुख र पालिकाका ९ वटै वडाका वडा सचिवहरु