कैलालीमा माओवादी केन्द्र निकट शिक्षक संगठनले प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिता गर्दै

कैलाली । नेकपा (माओवादी केन्द्र)निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति कैलालीको आयोजनामा प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ ।

दिपावली २०८० को अबसरमा आयोजना गर्न लागिएको उक्त प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिता यहि कार्तिक २० देखि २४ गते सम्म जिल्लाको गौरिगंगा नगरपालिका वडा नं. ९ स्थित एम.एफ.ए. खेल मैदान शंकरपुरमा संचालन हुने संगठनका जिल्ला उपाध्यक्ष छत्र बोहराले जानकारी दिए ।

उपाध्यक्ष बोहराका अनुसार खेलाडी अन्य प्रदेशको भए पनि खेल खेल्नको लागि भने सुदूरपश्चिमको खेल संस्थासँग अनिवार्य आबद्व भएको हुनुपर्ने छ । खेल अबधिभरका लागि खेलाडीहरुको खाना, बासको व्यवस्था र बिरामी भएको अबस्थामा खेलाडी आफैले व्यवस्थापन गर्नु पर्ने छ ।

उक्त प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगितामा विजेता खेलाडीहरुलाई नगद सहित प्रमाणपत्रको व्यवस्था गरिएको संगठनले जनाएको छ । उक्त प्रतियोगितामा प्रथम पुरस्कारको लागि रु, ५१ हजार,द्वितीय पुरस्कारको लागि रु, ३१ हजार,तृतीय पुरस्कारको लागि रु ,१६ हजार र सान्त्वना पुरस्कारको लागि पाँच हजार सहित प्रथम,द्वितीय,तृतीय र सान्त्वनाको लागि प्रमाणपत्र दिइने छ ।

टिम दर्ता गर्दा यहि कार्तिक १९ गते भित्र गरिसक्नु पर्ने छ भने टिम दर्ता गर्दा इमेल मार्फत पनि गर्न सकिने आयोजकले जानकारी दिएको छ । टिम दर्ताको लागि संगठनका जिल्ला उपाध्यक्ष छत्र बोहरा र अध्यक्ष मन रावललाई सम्पर्क गर्न भनिएको छ । सम्पर्कको लागि ९८४८४४६४१३÷९८५८४२३६७३ र इमेल . boharachhatra259@gmail.com मा सम्पर्क गर्न भनिएको छ ।