सुर्खेत । डोल्पा छार्का ताङसोङ गाउँपालिकाको गाउँ सभाको तेह्रौ अधिबेशन सम्पन्न भएको छ ।
१५ मंसिरबाट सुरु भएको गाउँपालिकाको गाउँ सभाको तेह्रौ अधिबेशन विभिन्न निर्णय गर्दै आइतवार सम्पन्न भएको छार्का ताङसोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत सेजुवालका अनुसार गाउँ सभाको तेह्रौ अधिबेशनले कन्टिन्जेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धी कार्यविधि २०८०,प्राविधिक कर्मचारी फिल्ड सुविधा कार्यविधि २०८० पारित गरेको छ ।
यस्तै गाउँपालिका भित्र ढुंङ्गा, गिट्टि,बालुवाको रोयल्टि निर्धारण, पूर्ण साक्षर स्थानिय तह घोषणा गर्ने लगायतका महत्वपूर्ण निर्णय गरि गाउँपालिकाको गाउँ सभाको तेह्रौ अधिबेशन सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत सेजुवालले झिल्को खबरलाई बताए ।
झिल्को खबर । १८ मंसिर २०८०, सोमबार १३:३९