सुर्खेत । वीरेन्द्रनगरमा जारी मुख्यमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा रुकुम पश्चिमका अर्विन घर्तीले अर्धशतक प्रहार गरेका छन् ।
अहिले जारी पहिलो सेमिफाइनलमा सल्यान विरुद्ध अर्विन्दले अर्धशतक प्रहार गरेका हुन् । यो प्रतियोगिताको पहिलो अर्धशतक हो । अर्विन्दले २७ बलमा अर्धशतक पुरा गरे । उनी २८ बलमा ५३ रनमा रन आउट भए । १ सय ३ रनको लक्ष पछ्याएको रुकुमको लागि अर्विन्दले आक्रामक सुरु गरेका थिए । अहिले रुकुम पश्चिमले १४।१ ओभरमा ४ विकेट गुमाएर ९४ रन बनाएर खेलिरहेको छ । यो खेल जित्ने टोली प्रतियोगिताको फाइनल प्रवेश गर्ने छ ।
आजै दोस्रो सेमिफाइनलमा सुर्खेत र कालिकोट खेल्ने छ । प्रतियोगिताको फाइनल खेल भोली हुने छ । प्रतियोगिता वीरेन्द्रनगरको कालिन्चोक खेल मैदानमा भइरहेको छ ।
झिल्को खबर । १३ असार २०८१, बिहीबार ११:४१