सुर्खेत । उसुका राष्ट्रिय रेफ्री कर्णालीका गोविन्द शाही र बलबहादुर वली ( विश्वास )ले आइडब्लुयुएफ अन्तर्राष्ट्रिय निर्णायकको तालिम तथा आधिकारिकता पाउने कोर्स पूरा गरेका छन् ।
जुलाई २६ देखि अगष्ट १ सम्म चिनमा सञ्चालित अन्तराष्ट्रिय निर्णायक कोर्समा थाउलुतर्फ २ र सान्सौतर्फ २ गरी ४ जना उत्तीर्ण भएको नेपाल उसु महासंघले जनाएको छ।
सान्सौतर्फ गोविन्द शाही र बलबहादुर वली ( विश्वास ) र थाउलुतर्फ करुणा महर्जन र राजेन्द्र बुढाथोकीले कोर्स पूरा गरेको महासंघले जनाएको छ। उनीहरूले ‘बी ग्रेड’ लाइसेन्स पाएका छन्।
झिल्को खबर । १९ श्रावण २०८१, शनिबार १२:२१