मैले हिजो मेरो नेत्रित्वोबारे सार्बजनिक संचार माध्यममा आएको एउटा समाचार बारे यस्तो नहोस र हुनुहुदैन भनेर टिप्पणी लेखे। मैले यो लेखेको कुरामा म प्रतिबद्द छु र मैले जनता देखि नेतासम्म सबैको सम्मान गर्न र सार्बजनिक प्रतिष्ठा निर्माण गर्न वा जोगाउन तीस बर्ष लामो सहयात्रा गरेको छु।
मेरो फ़ॆस बुक स्ट्याटसको टिप्पणीमा हाम्रो नेत्रित्वो कसैले पनि व्यक्तिगत र सस्थागत रुपमा गुनासो गर्नु भएको छैन। सेतोपाटीको समाचारमा आए जस्तै र सो समाचारमा आधारित भएर “तपाइले गरेको चिन्ता” जस्तै परिस्थिति त्यो बेला नभएको भनेर जानकारी भने गराउनु भएको थियो।
तर केहि मेरा मित्र, सुभचिन्तक र राजनैतिक विचारधारासंग निकट मानिने कमरेडहरुलाई मैले नेतृत्व र आन्दोलन बिरुद्द पो अभियक्ति दिए भन्ने लागेछ।
तपाईलाई जस्तै मलाइ पनि हाम्रो नेत्रित्वोको कसैले आलोचना नगरोस जस्तो लाग्छ। र म जति बेला हाम्रो नेत्रित्वोको कमजोरी हुन र देखिन सक्ने अवस्था अनुभूत हुन्छ स म मेरो चेतनाले पहिचान गरेको सुझाव र समालोचना सार्बजनिक वा व्यक्तिगत रुपमा दिने गर्छु। यो गर्दा मेरो नेत्रित्वोसंग कहिले पनि सम्बन्ध बिग्रेको पनि छैन र नेत्रेत्वोले नोक्सानी व्यहोरेको पनि छैन। हिजोको मेरो स्ट्याटस पछि आकाश ज्युकात्यू त्यहि छ र जमिनमा हामी सहयात्रा र सहभोज गरिरहेका छौ।
चियाको कपमा तुफान उडेको नदेख्न मेरा सुभचिन्तक र हाम्रो आन्दोलनका सहयोद्दा मित्रहरुमा निबेदन गर्दछु। हामी सहयोद्दाहरु तीस बर्ष आसपास देखि संगै छौ, युद्द ,आन्दोलन, शान्तिप्रक्रिया, प्रबास , सरकार संचालन जस्ता कठिन र जोखिमका दिनमा संगै छौ र रहने छौ। चिन्ता र संकाको तुवालो हटाइदिनुस।
जहाँसम्म हिजोको ताल्चा बिमानस्थलमा चिकित्शक रोकिएको प्रसङ्ग थियो स त्यसमा मैले प्रस्टै भनेको छु यो स्थानिय व्यबस्थाकको कमजोरी थियो। स्थानिय यात्रा व्यबस्थाक जहाज कम्पनिले आफ्ना यात्रुबीच संका र बिबाद पैदा हुने स्थिति सृजना गराउनु हुदैनथ्यो।
आफ्नो दुइ दुइ उडान हुने भएपछी कुन उडानबाट कुन यात्रु जाने त्यो आफ्ना यात्रुलाइ प्रस्ट पार्नु पर्थ्यो। आखिर सबैलाइ आआफ्नो तालिकामा पुग्न अनिश्चयको स्थानबाट छिट्टो निस्कनू नै पर्ने हुन्छ। कर्णालीमा हवाई वा जमिनी दुवै यात्रा अनिश्चयको छ भन्ने कुराको भुक्तभोगी हामी सबै छौ नै।
यो प्रसंग अब समाप्त भएको छ। सबै आफ्नो गन्तब्यमा पुगिसकेका छन् र आआफ्नो जिम्मेवारी सम्महालीसकेका छन्।यसमा कुनै लम्बेतान संका, षड्यन्त्र र व्यक्तिगत रिसइबीको कुरा छैन र कसैलाई त्यो गर्ने फुर्सद पनि छैन। यहानेर डाक्टर, नेता वा पत्रकार कसैलाई कुनै दोषारोपणको आवश्यकता पनि छैन।
यी तीनै िथरीले सृजना गरेको समस्या त्यो थिएँन , स्थानिय ब्यबस्थापकको कमजोरीले भएको परिस्थितिजन्य घटना थियो। पक्का कुरा चाहि के हो भने अहिले राजनीतिक नेत्रित्व सबैको “फ़्र्स्टेसनको तारो” बनेको छ, यो अन्य कुनै कारण नभएर अरु भन्दा निक्कै बढी नैतिक मूल्यको अपेक्षा भएर हो। यो अपेक्षालाइ नेत्रित्वोले पुरा गर्ने आट र उपाए त खोज्नु नै पर्छ।
मनऋषी धिताल । १० आश्विन २०८०, बुधबार ११:४२