सुर्खेत, बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका दुई जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
सुर्खेतको भेरीगंगा नगरपालिका(५ गेरवानीमा घाँस काट्न गएका रामबहादुर चन्द्र र कवी ओलीको जंगली जनावरको आक्रमणबाट आइतबार मृत्यु भएको थियो । स्थानीयले सोमबार विहान ११ बजेदेखि कोहलपुर(सुर्खेत रत्न राजमार्ग अवरुद्ध गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी सुरज कार्कीका अनुसार सडक अवरुद्ध हुँदा सुर्खेतबाट बाहिरिने र कर्णाली भित्रिने सवारी साधनहरु बबई पुल वारी(पारी रोकिएका छन् । छिन्चुबाट प्रहरीको टोली बबई पुगेर घटनाबारे अनुसन्धान थालेको छ ।
झिल्को खबर । ३० श्रावण २०७९, सोमबार १४:३७