जनयुद्धकालका युद्ध स्थललाई संङ्ग्रालय बनाइने

सुर्खेत, कर्णाली प्रदेशका जनयुद्धकालिन युद्ध स्थलहरुलाई संङ्ग्रालयको रुपमा विकास गरिने भएको छ ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आर्थिक बर्ष २०७९÷०८० को बजेट भाषण गर्दै उक्त युद्ध स्थलहरुलाई पर्यन प्रबद्र्धन गर्नको लागी संङ्ग्रालयको रुपमा विकास गरिने बताएका हुन् ।

संङ्ग्रालयको रुपमा विकास गरिने युद्ध स्थलहरुमा कालिकोटको पिली, रुकुम पश्चिमको खारा र जाजरकोटको जुनिमा युद्ध संङ्ग्रालय निर्माण गर्न आवाश्यक बजेटको व्यवास्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री विष्टले बताए ।