पार्टी फुट्छ भन्ने हल्ला खारेज भइसक्योः प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुट्छ भन्ने हल्ला स्थाई समितिको बैठकले खारेज गरिसकेकाले यो हल्ला निराधार भएको बताएका छन् ।

पार्टी प्रशिक्षणको लागि शुक्रवार वीरेन्द्रनगर सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक जीवनमा यस्ता बहस नियमित चल्ने गरेको भन्दै यो सामान्य कुरा भएकाले आफ्नो पार्टी नफुट्ने जिकिर गरे ।

पछिल्लो समय एमाले काँग्रेसको सत्ता गठबन्धन भ्रष्टचार र वेथितिलाई बचाउनको लागि बनेको हो भन्ने पुष्टि भइसकेकाले यसका विरुद्व आवश्यक परे आफ्नो पार्टी जति खेर पनि संघर्ष गर्न तयार रहेको बताए । उनले संसदीय अभ्यासमा पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउने कुरा राम्रो नभएको भन्दै दुनियाँमा यस्तो कहि पनि नभएको उल्लेख गरे ।

एमाले नेताहरुले माओवादीले शुरु गरेको जनयुद्धलाई हिंसाको संज्ञा दिएको प्रति उनले संविधानमा व्याख्यात्मक रुपमा माओवादी जनयुद्ध भनेर भनिएको छ उनिहरुले संविधानको अपव्याख्या गर्न नमिल्ने बताए ।

नेपालमा अहिले भएको परिवर्तनको जिम्मेवारी माओवादीले लिनु भन्दै उनले पछिल्लो समय पछिल्लो समय परिवर्तनलाई स्वीकार नगर्नेहरु एक भएकाले सजक हुनु पर्ने बताए ।