गायिका इब्सललाई ‘राष्ट्रिय युवा सेवा कोष’पुरस्कार

सुर्खेत । लोक दोहोरी तथा देउडा गायिका इब्सल संज्याल ‘राष्ट्रिय युवा सेवा कोष’पुरस्कारबाट नगद सहित सम्मानित भएकी छन् ।

‘राष्ट्रिय युवा सेवा कोष’ले इब्सलले कला क्षेत्रमा पु¥याएका योगदानको कदर गर्दै नगद रु.दश हजार सहित प्रमाणपत्रले सम्मान गरेको हो ।

पछिल्लो समय लोक दोहोरी तथा देउडा गीतको क्षेत्रमा इब्सल चर्चित गायिकाको रुपमा परिचित छिन् । उनले सानो उमेरमा नै गायन क्षेत्रमा पु¥याएको योगदान स्वरुप ‘राष्ट्रिय युवा सेवा कोष’ले सम्मान गरेको कोषका अध्यक्ष प्रदीमान बैद्यले जानकारी दिए ।

इब्सल पछिल्लो समयकी चर्चित लोक दोहोरी गायिका हुन् । उनि कालिकोट जिल्ला पचालझरना गाउँपालिका वडा नं. ६ की स्थायी बासिन्दा हुन् । इब्सलले दर्जनौ लोक दोहोरी तथा देउडा गीतमा स्वर दिइसकेकी छन् ।

गायिका इब्सललाई ‘राष्ट्रिय युवा सेवा कोष’ले सम्मान स्वरुप प्रदान गरेको कदर पत्र