संसदीय बैठक प्रणाली सम्बन्धि सुर्खेत महिला जेसीजको तालिम सम्पन्न

सुर्खेत । सुर्खेत महिला जेसीज बर्ष २०२५ को संसदीय बैठक प्रणाली सम्बन्धि तालिम सम्पन्न भएको छ ।

सुर्खेत महिला जेसीज बर्ष २०२५ का सम्पूर्ण पदाधिकारीहरुलाई जानकारी दिने उदेश्यले शनिवार आयोजना गरिएको उक्त तालिमको उद्घाटन भने सुर्खेत महिला जेसीजकी संस्थापक अध्यक्ष सीमा चन्दले गरेकी थिइन् ।

सुर्खेत महिला जेसीज बर्ष २०२५ की अध्यक्ष कमला बस्याल‘देवकोटा’को अध्यक्षतामा सम्पन्न भएको उक्त तालिममा सुर्खेत महिला जेसीजकी संस्थापक महासचिव जेसी ज्योती कार्की‘पौडेल’ तालिमको प्रमुख प्रशिक्षक रहेकी थिइन् ।

सुर्खेत महिला जेसिस वर्ष २०२५ की अध्यक्ष जेसी कमला बस्याल ‘देवकोटा’ले यस तालिम मार्फत सुर्खेत महिला जेसिजका सम्पूर्ण पदाधिकारीहरुले सुर्खेत महिला जेसिजमा बसिने संसदीय बैठक प्रणालीको बारेमा जानकारी पाउनुका साथै जेसीजको बारेमा थप जानकारी भएको बताइन् ।

तालिममा सुर्खेत महिला जेसीज वर्ष २०२० का अध्यक्ष जेसी प्रमी शाक्य,वर्ष २०२१ का अध्यक्ष जेसी लक्ष्मी गुरुङ, २०२४ का अध्यक्ष जेसी मीना गुरुङ,लगायतको उपस्थिति रहेको थियो ।