सुर्खेत । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै गणतन्त्र विरोधि शक्तिबाट सहज रहुन पर्ने बताएका छन् ।
आइतवार जारी गरेको शुभकामना सन्देशमा पूर्व मुख्यमन्त्री शाहीले गणतन्त्रको स्थापनापश्चात् नै समावेशी, समानुपातिक व्यवस्था,धर्मनिरपेक्षता र संघीयता लगायतका महत्वपूर्ण राजनीतिक उपलब्धिहरु प्राप्त गरेको भन्दै उनले ठुलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिहरु नै धरापमा पार्ने गरी पछिल्लो समयमा भइरहेका असंबैधानिक र प्रतिगमनकारी कदम प्रति सबैले सचेत रहनु पर्ने औल्याएका छन् ।
पूर्व मुख्यमन्त्री शाहीले गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा सबैखाले प्रतिगमनकारी, निरंकुश र असंबैधानिक दुस्प्रयासहरुका विरुद्ध खबरदारी गर्दै संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापनाको बाटोमा दृढतापूर्वक अघि बढ्न सबैलाई अपिल गरेका छन् ।
‘भरखरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनले प्रतिगमनकारी सोचलाई परास्त गर्न र गणतन्त्र सस्थागत गर्नका लागी हामी सबैलाई झन हौसला मिलेको भन्दै पूर्व मुख्यमन्त्री शाहीले विभिन्न आन्दोलनले जन्माएका उपलब्धिलाई संरक्षण गर्ने जिम्मेवारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जनप्रतिनिधिहरुको काँधमा आएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
पूर्व मुख्ममन्त्री शाहीले जारी गरेको शुभकामना सन्देश जस्ताको त्यस्तै
गणतन्त्र स्थापनाको लागी नेपाली जनताले गरेको ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षका क्रममा आफ्नो ज्यानको आहुति दिने महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता, घाइते तथा अपांगता भएका योद्धाहरुप्रति उच्च सम्मान व्याक्त गर्दछु । साथै ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलन लगायतका सबैखाले न्यायपूर्ण आन्दोलन तथा संघर्षहरुमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछु ।
नेपाली जनताले दशकौं लामो समयदेखि सशस्त्र एवं निशस्त्र रुपमा गरेको बलिदानीपूर्ण संघर्षहरुको ऐतिहासिक उपलब्धिस्वरुप जननिर्वाचित संविधान सभाबाट २०६५ आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएको थियो । गणतन्त्र दिवस २०७९ को यस गौरवमय अवसरमा प्रदेशवासी एवं सम्पूर्ण नेपाली दाजुभाई दिदीवहिनीहरुमा हार्दिक बधाई एवं शुभकामना व्याक्त गर्दछु ।
गणतन्त्र स्थापनाको लागी नेपाली जनताले गरेको ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षका क्रममा आफ्नो ज्यानको आहुति दिने महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता, घाइते तथा अपांगता भएका योद्धाहरुप्रति उच्च सम्मान व्याक्त गर्दछु । साथै ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलन लगायतका सबैखाले न्यायपूर्ण आन्दोलन तथा संघर्षहरुमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछु ।
गणतन्त्रको स्थापनापश्चात् नै हामीले समावेशी, समानुपातिक व्यावस्था,धर्मनिरपेक्षता, संघीयता लगायतका महत्वपूर्ण राजनीतिक उपलब्धिहरु प्राप्त गरेका छौ । ठुलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिहरु नै धरापमा पार्ने गरी पछिल्लो समयमा भइरहेका असंबैधानिक र प्रतिगमनकारी कदम प्रति पनि सचेत रहन जरुरी छ । गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा म सबैखाले प्रतिगमनकारी, निरंकुश र असंबैधानिक दुस्प्रयासहरुका विरुद्ध खबरदारी गर्दै संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापनाको बाटोमा दृढतापूर्वक अघि बढ्न अपिल गर्दछु ।
यहि बैशाख ३० गतेका दिन सम्पन्न भएको स्थानीय तहको निर्वाचनले प्रतिगमनकारी सोचलाई परास्त गर्न र गणतन्त्र सस्थागत गर्नका लागी हामी सबैलाई झन हौसला मिलेको छ । विभिन्न आन्दोलनले जन्माएका उपलब्धिलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जनप्रतिनिधिहरुको काँधमा थप जिम्मेवारी आएको छ । ं
अन्तमा, गणतन्त्रको दिवस २०७९ ले राष्ट्रिय एकाता सहित विकासको र समृद्धिको अभिभारा पुरा गर्दै समाजवादी राज्य व्यवस्था स्थापनाका लागी सबै नेपालीमा प्रेरणा प्रदान गर्ने विश्वास सहित तपाई समस्तमा पुनः गणतन्त्र दिवसको शुभकामना व्याक्त गर्दछु ।
……………….
महेन्द्र बहादुर शाही
पूर्व मुख्यमन्त्री तथा
संसदीय दलको नेता
नेकपा (माओवादी केन्द्र)
कर्णाली प्रदेश
। १५ जेष्ठ २०७९, आईतवार १२:३४