
काठमाण्डौ । ताप्लेजुङको फुङलिङमा जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आज बिहानै दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोलबाट लत्रिएको तारबाट करेन्ट लागेको हो ।
करेन्टबाट जीपमा आगो लागेको ताप्लेजुङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको छ । ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन ।
झिल्को खबर । ८ बैशाख २०८२, सोमबार ०७:५०