सुर्खेतको भेरीगंगा नगरपालिकामा भेटियो युवतीको शव, हत्या गरिएको आंशका

सुर्खेत । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका– १२ मा एक जना युवतीको शव भेटिएको छ ।

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार भेरीगंगा नगरपालिका–१२ को डम्पिङ साइटको पानी खोल्सामा डुबेको अवस्थामा आइतबार बिहान ५ः०० बजे शव भेटिएको हो ।

प्रहरीका अनुसार अन्दाजी उनको उमेर २२ देखि २५ वर्षको रहेको छ । प्रहरीले उनलाई हत्या गरेर फालेको आंशका गरेको छ । शवको पहिचान हुन नसकेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।