प्रभावकारी बन्दै डिजिटल शिक्षा कार्यक्रम

मुगु । मधेश प्रदेशका तीन जिल्लामा छा—याँ नेपालद्वारा सञ्चालित डिजिटल शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको सरोकारवालाहरूले बताएका छन्।

आईतबार मधेश प्रदेश सरकार शिक्षा मन्त्रलायको आयोजनमा जनकपुरधाममा आयोजित ‘डिजिटल शिक्षा परियोजना’ को वार्षिक समीक्षा गोष्ठीमा ७० भन्दा बढी सरोकारवालाहरूको सहभागितामा भएको बार्षिक समिक्षा कार्यक्रममा सहभागीहरुले डिजिटल शिक्षाले विद्यालय तहको सिकाइ प्रक्रियामा सकारात्मक परिवर्तन ल्याएको बताएका छन ।
रौतहटको चन्द्रपुर, महोत्तरीको जलेश्वर र धनुषाको मिथिला नगरपालिकाभित्रका १६ आधारभूत विद्यालयमा सञ्चालन भइरहेको कार्यक्रमले सैद्धान्तिक, प्रयोगात्मक तथा मूल्याङ्कन विधिलाई डिजिटल माध्यमसँग जोडेर शिक्षण प्रक्रिया सहज बनाएको सरोकारवालहरुले बताएका छन । स्रोत व्यक्तिमार्फत सञ्चालित डिजिटल सिकाइलाई विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले सकारात्मक रूपमा ग्रहण गरेको छा—याँ नेपालका कार्यसमिति सदस्य सन्तोष सिलवालले जानकारी दिएका हुन ।

समीक्षा कार्यक्रममा मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयका प्रतिनिधि, कार्यक्रम लागू भएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, गैरसरकारी संस्थाका प्रतिनिधि, खानेपानी तथा सरसफाइ मन्त्रालयका अधिकारी, विद्यालयका प्रधानाध्यापक तथा सम्पर्क शिक्षकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले ग्रामीण तहसम्म डिजिटल सिकाइ प्रभावकारी बनाउन स्थानीय तह र सरोकारवाला निकायबीच अझै समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए।

डिजिटल शिक्षाबाट सिकाइमा आएको परिवर्तनबारे कृष्णा माबिका कक्षा ७ की छात्रा प्रिया पट्टेल भन्छिन्,पहिला किताबमै सीमित भएर पढ्थ्यौँ, अहिले भिडियो र प्रस्तुतीकरण मार्फत पढ्दा विषय छिटो बुझ्न सहयोग भएको बताईन । सोही विद्यालयका छात्र शिव नारायण शाहले भने,डिजिटल कक्षाले पढाइ रमाइलो भएको छ, शिक्षकले देखाएर पढाउँदा विषय सम्झन सजिलो हुने गरेको बताए ।

चन्द्रपुर नगरपालिकाको कृष्णा माबिका शिक्षक संजय कुमार चौधरीका अनुसार परम्परागत रुपमा कालो र सेतो पाटीमा अध्यन गराउदा बिद्यार्थीहरुको रुची त्यति देखिदैन थियो । अहिले डिजीलाईजेसन मार्फत अध्यन गराउदा बिद्यार्थीहरुको चौतर्फी रुची बढ्नुका साथै गृह कार्यमा अभिरुची बढ्दै गएको बिद्यालयमा बिद्यार्थीहरुको उपस्थिति नियमित हुने गरेको बताए ।

कार्यक्रममा संलग्न डिजिटल शिक्षा स्रोत व्यक्ति र सम्पर्क शिक्षक मार्फत सामजिक, बिज्ञान र प्रबिधीका ज्ञान का २५ वटा मोडेलमा डिजिटल माध्यम मार्फत विद्यार्थीको सहभागिता सिकाउदै आएकाले बिद्यार्थीको अध्यन शैलीमै परिवर्तन ल्याइरहेको कार्यक्रम लागू भएका बिद्यालयका शिक्षकहरुले बताएका छन ।

कार्यक्रमले वर्षभरि हासिल गरेका उपलब्धि, देखिएका चुनौती र आगामी कार्यदिशाबारे समेत समीक्षा गर्दै डिजिटल शिक्षालाई अझ प्रभावकारी बनाउका लागी कर्णाली र बागमति प्रदेशका केही जिल्लाहरुमा बिस्तार गरिने छा—याँ नेपालले प्रतिबद्धता जनाइएको छ।