सुर्खेत । नेपाली काँग्रेस कर्णाली प्रदेश सभा संसदीय दल नेता जीवन बहादुर शाहीले नेकपा (माओवादी केन्द्र)को सरकारलाई संकटमा साथ दिने गरी आज विपक्षमा मतदान गर्ने बताएका छन् ।
मुख्यमन्त्री राजकुमार शर्माले आज कर्णाली प्रदेश सभामा विश्वासको मत मागेका बेला नेता शाहीले यस्तो बताएका हुन् ।
नेता शाहीले आफुलाई भोट हाल्ने मन हुदाहुदै पनि विपक्षीमा पत हाल्नु पर्ने बाध्यता आइ लागेका भन्दै यदि यो सरकारलाई संकटपुर्ण अवस्था आए आफ्नो दलले यो सरकारलाई ढल्न नदिने विश्वस्त पारे ।
झिल्को खबर । ६ माघ २०७९, शुक्रबार १४:१२