सुर्खेत, गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कार्तिक ३ गते सम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारीका लागी कर्णाली प्रदेश खेलकुद विकास परिषद आन्तरिक तयारीमा जुटेको छ ।
भदौ १८ भित्र जिल्ला स्तरीय छनोट प्रतियोगिता सम्पन्न गर्ने गरी तयारी थालेको कर्णाली प्रदेश खेलकुद विकास परिषदले कर्णाली प्रदेशबाट पदक प्राप्त गर्न सक्ने सम्भावित खेलका खेलाडीहरुलाई भदौ २५ गते देखि बन्द प्रशिक्षणमा राख्ने कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए ।
‘कर्णाली प्रदेशमा अहिले सम्म धेरै खेलको प्रशिक्षक नभएको अबस्थामा सहभागिता जनाए पनि कर्णाली प्रदेश खेलकुद विकास परिषदले पदक जित्न सक्ने खेलका खेलाडलाई मात्रै बन्द प्रशिक्षण गराउन लागेको उनले जानकारी दिए । उनका अनुसार कर्णालीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट दशौं गेमको झण्डा पनि कर्णालीले ग्रहरण गर्ने छ ।
झिल्को खबर । ६ भाद्र २०७९, सोमबार १३:३३