सुर्खेत । कर्णाली प्रदेश डोरीतान संघको अध्यक्षमा नैनसिङ खत्री चयन भएका छन् ।
सोमबार बसेको संघको बैठकले खत्रीको अध्यक्षतामा कर्णाली प्रदेश समिति पनि गठन गरेको छ । उक्त समितिमा उपाध्यक्षमा तिर्सना हमाल जुम्ला, सचिव रत्न विश्वकर्मा कालिकोट,सहसचिव दिलमाया थापा सुर्खेत, कोषाध्यक्ष हरिलाल खड्का सुर्खेत, सदस्यहरुमा क्रमसः दुर्गा विश्वकर्मा पश्चिम रुकुम, हुमालाल भट्टराई सुर्खेत,रेखामान बुढा डोल्पा, जितेन्द्रबहादुर विष्ट दैलेख, नविन नेपाली मुगु, नविन शाही सल्यान रहेका छन् ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालको प्रमुख अतिथि र समितिका अध्यक्ष नैनसिङ खत्रीको सभापतित्वमा संचालन भएको बैठकले कर्णाली प्रदेशमा पहिलो पटक डोरीतान संघको गठन गरेको संघकी उपाध्यक्ष तिर्सना हमालले जानकारी दिइन् ।
समितिले पूर्णता पाएसँगै कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई आधिकारिक रुपमा जानकारी समेत गराएको र आउने दिनमा डोरीतान संघले कर्णाली प्रदेशको खेलकुदको क्षेत्रमा ठुलो योगदान पु¥याउने उनको भनाइ छ ।
झिल्को खबर । २७ चैत्र २०७९, सोमबार २१:३८