प्रदेश लिग खेल्न सुर्खेत पुगेका जुम्ली फुटबल खेलाडीलाई मार्सि ब्वाईज फुटसलको स्वागत

सुर्खेत । कर्णाली प्रदेश फुटबल संघको आयोजनामा मंसिर २५ देखि २७ गतेसम्म हुने प्रदेश लिग फुटबल प्रतियोगितामा सहभागी हुन जुम्लाका फुटबल खेलाडीहरु प्रदेश राजधानी सुर्खेत पुगेका छन् ।

जुम्ला जिल्ला लिग २०८१ को खेलमा विजय भएको बिनायक एकिकृत क्लब चन्दननाथ ४ मालाभिडका खेलाडी अफिसियल सहित प्रदेश लिग खेल्न सुर्खेत पुगेका हुन् ।
प्रदेश लिगको तयारीको लागि शुक्रवार नै सुर्खेत पुगिसकेका जुम्ली खेलाडीहरुलाई सुर्खेत स्थित मार्सि ब्वाईज फुटसल टिमले शनिवार स्वागत तथा सम्मान गरेको छ ।