दिपक हमाल
०५१ सालमा सुर्खेतको छिन्चुमा जन्मेका दीपक हमालले २०७६ साल मंसीर १५ गतेदेखी २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा संचालन भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा स्वर्ण जितेका थिए । लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा भएको प्रतिस्पर्धामा नेपालका हमालले पुरुष थाउलोको नानछ्वान अलराउन्डरमा १९.३२ अंक बटुल्दै स्वर्ण जितेका हुन्। यस स्पर्धामा भारतका साजन लामाले १९.१२ अंक बटुल्दै रजतमा चित्त बुझाएका थिए । त्यस्तै २०७९ असोज २८ गतेदेखि ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हमालले उसुमा स्वर्ण पदक जितेका थिए । उनलाई कर्णाली प्रदेश सरकारले पुरस्कृत समेत गरेको थियो । हमाल सातौ, आठौ र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा निरन्तर स्वर्ण पदक जित्ने खेलाडीमा पर्छन् ।
चीनमा शुक्रवारबाट सुरु भएको १९ औँ एशियाली खेलकुद प्रतियोगितामा हमाललाई नेपालको तर्फबाट स्वर्ण पदक दावेदारको रुपमा हेरिएको कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमालले बताए ।
दिपकले अन्तर्राष्ट्रिय थुप्रै खेल प्रतिसपर्धाको अनुभूति बटुलिसकेकाले यो पटक पनि उनले नेपाललाई स्वर्ण पदक दिलाउनेमा आफु विश्वस्त रहेको उपाध्यक्ष हमालको भनाइ छ ।
दिपक अनुभवी खेलाडीका रुपमा चिनिन्छन् । उनले यो पटक १९ औ एसियाली प्रतियोगितामा नेपालको तर्फबाट स्वर्ण पदक जित्न सक्छन् भन्नेमा दिपक माथि धेरैको अनुमान छ ।
एलिसा राष्कोटी मगर
सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ की २२ वर्षीया एलिसाले २०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा कुमुते र काता दुवैमा कांस्य पदक जितेकी थिइन् । त्यही सफलताको सम्मानमा प्रदेश सरकारले उनलाई २ लाख रुपैयाँले पुरस्कृत गर्यो। यसअघि उनले कृष्ण प्रसाद भट्टराई खेल महोत्सव २०७९ को अवसरमा नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललिपतुर र गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा माघ २६ देखि २८ गते सम्म कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय प्रतियोगितामा एकल कातामा रजत पदक जितेकी थिइन्। तीन वर्षअघि १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा एकल कातामा रजत पदक जितेकी चन्चला दनुवारसँग फाइनलमा एलिसा पराजित भएपनि कडा टक्कर दिएकी थिइन । फाइनलमा चन्चलाले २४.५० अंक प्राप्त गर्दा एलिसाले २३.६८ अंक जोड्न सफल भएकी थिइन्।
१९ औँ एशियाली खेलकुद छनौट प्रतियोगितामा एलिसा स्वर्ण पदक जित्न सफल भएकी थिइन् ।
विवशकुमार सेजुवाल । ५ आश्विन २०८०, शुक्रबार २०:५६