सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले साफ महिला च्याम्यिनसिप–२०२४ अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
बुधबार साँझ साढे ६ बजेदेखि सुरु हुने फाइनल खेल वीरेन्द्रनगर नगरपालिकाले सिटी हलमा प्रत्यक्ष प्रसारण गर्न लागेको हो । सिटी हलमा फाइनल खेल हेर्न शुल्क भने लाग्ने छैन । नेपाल सन् २०२२ को फाइनलमा ब्यहोरेको हारको बदला लिँदै पहिलोपटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा छ ।
साफ च्याम्पियनसिपमा नेपाल सात संस्करणमध्ये ६ संस्करणको फाइनलमा प्रवेश गरेको छ । नेपाल फाइनलमा भारतसँग चारपटक र बंगलादेशसँग एक पटक पराजित हुँदै उपविजेतामै सीमित भएको छ ।
झिल्को खबर । १४ कार्तिक २०८१, बुधबार १४:३५