अहिलेको विकास संघीयताको उपहार हो – नेता शाही

कालिकोट । नेकपा (माओवादी केन्द्र)का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले स्थानीय तहमा पछिल्लो समय भएको विकास निर्माण संघीयताको उपहार भएको बताएका छन् ।

गृह जिल्ला कालिकोटको पचालझरना गाउँपालिका र रास्कोट नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै नेता शाहीले यस्तो बताएका हुन् ।

हिजोको दिनमा प्रदेश र स्थानीय तहको वडा स्तरमा कुनै पनि विकास निर्माण गर्नको लागि सघीय सरकारको भर पर्नु पर्ने बाध्यताले विकासको गति लिन नसकेको अबस्थामा संघीय व्यवस्था आइसकेपछि जनताको सबैभन्दा नजिकको सरकारको रुपमा प्रदेश सरकार र स्थानीय सरकारले काम गरेको बताए ।

पचालझरना गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाही ।

एकिकृत राज्य व्यवस्थाको कारण सिहदरबारको सरकारले जनताको आवश्यकतालाई ध्यान नदिदा नेपालको विकास निर्माणको गति सुस्त भएको भन्दै नेता शाहीले लामो समयको राजनिति संघर्षबाट प्राप्त भएको यो व्यवस्थाले जनतामा खुसी ल्याएको उल्लेख गरे ।

‘कालिकोटका जनताको आवश्यकता धेरै छन् ती आवश्यकता पुरा गर्न म जहिले जनताको सेवक भएर काम गर्छु,’ ‘नेता शाहीले भने, हिजो प्रदेश सरकारको मुख्यमन्त्री हुदा गरिएका विकास निर्माणका कार्यक्रमले कालिकोटको विकासमा धेरै परिवर्तन ल्याएको छ । अब संघीय सरकारबाट हुने विकासका योजनाको निम्ति म लाग्छु ।’

पचालझरना गाउँपालिका र रास्कोट नगरपालिकाले भवन अभावका कारण विकेन्द्रीकृत रुपमा हिजोका दिनमा दिने सेवाले जनतामा केहि सास्ती भयो होला भन्दै नेता शाहीले अब आउने दिनमा आफ्नै प्रशासनिक नयाँ भवनबाट जनतालाई दिने सेवाले हिजोका दिनहरु भन्दा शुसानयुक्त बातावारणबाट जनतालाई मुस्कान सहितको सेवा दिनु पर्ने उल्लेख गरे ।

रास्कोट नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाही ।

भवन उद्घाटनमा पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाही र रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले जिल्लाको विकासको लागि प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीको ठुलो योगदान रहेको बताएका थिए । कर्णाली प्रदेशको मुख्यमन्त्री हुदा होस् वा संघीय सरकारको उर्जामन्त्री हुदा होस् कालिकोटको विकासको निम्ति गरेको पहल निकै अतुलनिय रहेको बताए ।

नेकपा (माओवादी केन्द्र)का नेता खडकराज सेजुवालले पूर्वाग्रही सोच राखेर राजनिति गर्नेहरुले कालिकोटमा महेन्द्रबहादुर शाहीले विकास नगरेको हल्ला चलाउने गरेको बताए । महेन्द्र बहादुर शाहीको पालामा जति भौतिक पूर्वाधार क्षेत्रमा विकास भएका छन् ती विकासले कालिकोटको मुहार फेरेको उल्लेख गरे ।