सुर्खेत कर्णाली प्रदेश सरकारले साउन १७ गते सार्वजनिक विदा दिने भएको छ ।
साउन शुल्क पञ्चमी (नाग पञ्चमी) अवसरमा कर्णाली प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए ।
कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषदबाट ) २०७८ चैत्र १२ गतेमनको निर्णय अनुसार साउन १७ गते सार्वजनिक विदा दिन लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।
। १५ श्रावण २०७९, आईतवार १६:१२