सुर्खेत । रुकुमपश्चिममा नेकपा (माओवादी केन्द्र) ले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रितिनिधिसभा सदस्यका लागि जनार्दन शर्मा (प्रभाकर)लाई सर्वसम्मत सिफारिस गरेको छ ।
रुकुमपश्चिम माओवादी केन्द्रको विहिवार उम्मेदवार सिफारिस गर्न बसेको बैठकले शर्मालाई सर्वसम्मत सिफारिस गरेको धुव्रविक्रम बुढाथोकीले जानकारी दिए ।
बैठकले प्रदेशसभा सदस्यको लागि निर्वाचन क्षेत्र (क)बाट महेन्द्र केसी (पारसमणी) र प्रदेश निर्वाचन क्षेत्र (ख)बाट राजकुमार शर्मा (आर्ट)लाई सर्वसम्मत सिफारिस गरेको छ ।
युद्धकाल देखिको माओवादीको आधार क्षेत्रको रुपमा चिनिएको रुकुमपश्चिममा माओवादीको उम्मेदवार छनौटमा सर्वसम्मत भएको हो ।
झिल्को खबर । २३ भाद्र २०७९, बिहीबार १७:०८