सुर्खेत । प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा नेपालकै उत्कृष्ट एमआरआई मेसिन आइपुगेको छ ।
प्रादेशिक अस्पतालहरुमा सबैभन्दा विशिष्टिकृत सेवा विस्तारको पहिचान बनाएको प्रदेश अस्पताल सुर्खेतमा बुधवार उक्त एमआरआई मेसिन आइपुगेको हो ।
प्रदेश अस्पताल सुर्खेतमा पछिल्लो समय विभिन्न सेवाहरु विस्तार हुदै आइरहेका छन् । विगत १५ महिना देखिको लामो प्रयासपछि बुधवार नेपालकै उत्कृष्ट एमआरआई मेसिन कर्णालीमा महिलो पटक आइपुगेको प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले जानकारी दिए ।
उक्त मेसिन ६४ स्वतन्त्र च्यानल क्षमताको एमआरआई मेसिन उच्च गुणस्तर र प्राबिधिक विवरण प्राविधिक विशिष्टताका हिसाबले उच्च गुणस्तर रहेको छ ।
अहिले सम्म नेपालकै सबै भन्दा बढि क्षमता भएको दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्स आवाजविहीन एमआरआई मेसिन जडानले कर्णालीका नागरिकलाई उपचारमा धेरै सहज हुने अपेक्षा लिएको अस्पतालले जनाएको छ ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उलब्ध गराएको थियो । नेपाली रुपैंया रु.२९ करोड ७१ लाख परेको उक्त मेसिन २०२३ मा निर्मित भएर परिक्षण गरिएको मेसिन हो । जर्मनीबाट चार्टर्ड फ्लाइड मार्फत काठमाडौं ल्याइएको एमआरआई मेसिन बुधवार प्रदेश अस्पताल सुर्खेत पु¥याइएको थियो ।
अबको करिब दुई महिना भित्र मेसिन जडान र प्रोसेसिङ्ग प्रोग्रामहरु इन्स्टल गरे पश्चात एमआरआई मार्फत हुने सेवाहरु सुचारु हुने अस्पतालले जनाएको छ ।
झिल्को खबर । १२ श्रावण २०८०, शुक्रबार १०:४३