पचालझरनामा अस्थाई नुन वितरण केन्द्र स्थापना

सुर्खेत । कुनै बेला यस्ता दिनहरु पनि थिए जहाँ अर्गानीक अन्न बेचेर नुनको जोहो गर्न कैलाली कट्ट्यास्या, चिसापानी र बर्दिया राजापुर सम्म कालिकोट पलाँता दराका मानिसहरुले धाउनु पर्ने बाध्यता थियो ।

देशमा संघीयता कार्यन्वयनसँगै बनेका स्थानीय संरचनाले जनताको सुख,दुखमा साथ दिन्छन् भन्ने पछिल्लो उदाहरण तत्कालिन पलाँता दरा अर्थात कालिकोट पचालझरना गाउँपालिका बनेको छ ।

पचालझरना गाउँपालिकामा आयोडिनयुक्त नुनको लागि कोसौ टाढा सदरमुकाम खाडाचक्र मान्मा र रास्कोट नगरपालिका धाउनु पर्ने बाध्यता अबका दिनमा भने हटेको छ ।

गाउँपालिकाले साल्ट ट्रेनिङ्ग कर्पोरेशन लिमिटेडसँगको सहकार्यमा साल्ट ट्रेनिङ्ग कर्पोरेशन लिमिटेडले तोकेको प्रति किलो मुल्य रु ९ मा स्थानीयबासीले पाउने गरी गाउँपालिकाको वडा नं. ८ भैसीसैनमा अस्थाई नुन वितरण केन्द्रको स्थापना गरेको छ ।

‘९ रुपैया पर्ने एक पोका नुनको लागि १ हजार रुपैयाँ खर्च गरेर सदरमुकाम पुग्नु पर्ने बाध्यता थियो अब यी दुख हटेका छन् ,’ ‘पचालझरना गाउँपालिकाका वडा नं. ३ का रोशन थापाले भने,’ ‘गाउँपालिकाले यो सुविधा दिएकोमा हामी धेरै खुसी छौ ।’

बाहिर किन्दा एक पोकालाई रु २५ पथ्र्यो अब आगँनमै ९ रुपैयाँमा नुन पाउने भयौ यहि नुनका लागि हामीले कहिले कैलाली चिसापानी पुग्नु प¥यो कहिले अछाम साँफेबजर पुग्नु प¥यो अहिले त गाउँमै आउदा को खुसी नहोला र वडा नं. ३ का रत्त लुवाँर भन्छन् । उनी ढिका नुन खानु पर्ने बाध्यता हटेको भन्दै निकै खुसी भएको बताउछन् ।

करिब २५ सय घरधुरी रहेको पचालझरना गाउँपालिकामा एक चोटीको लागि ५ पोका अर्थात ५ किलो नुन वितरण गर्ने पाउँपालिकाले जनाएको छ । गाउँपालिकामा २०७८ सालको जनगणना अनुसार करिब १३ हजार जनसंख्या रहेको छ । छिमेकी पालिका पलाँतालाई समेत नुन उपलब्ध गराउन सकिने गाउँपालिकाले जनाएको छ ।

चुनावी बाचा पुरा गरेका हौ अध्यक्ष शाही

गाउँपालिका अध्यक्ष देवराज शाही ‘अग्नी’ले चुनावको बेला आफुले बाचा गरे अनुसार नै नुनको अस्थाई वितरण केन्द्रको स्थापना गरिएको बताए ।

चुनावको बेला हामीले जनताको आधाभूत आवश्यकता के के हुन् ? ती पुरा गर्ने लक्ष्य लिएका थियौ त्यहि योजना अनुसार नै पहिलो प्रथामिक्तामा अहिले नुनको अस्थाई वितरण केन्द्रको स्थापना गरिएको हो उनले भने,’ ‘नुनको अस्थाई वितरण केन्द्रलाई डिपोको रुपमा स्थापना गर्ने र पछि हिमचुली सहकारीको सहकार्यमा खाद्यको लागि समेत पहल गर्ने योजना छ ।’

नुनको अस्थाई वितरण केन्द्रको स्थापना गर्दा पालिका सरकारले घाटा खाएर भए पनि जनतालाई सेवा दिएको भन्दै अध्यक्ष शाहीले जनताको सेवाको लागि गाउँपालिका सरकार जहिले पनि तयार रहने बताए ।

एक पोका नुनकै सदरमुकामन पुग्न जनताले धेरै खर्च गर्नु परेको भन्दै अध्यक्ष शाहीले अब आउने दिनमा ती दुखका दिन हटेको बताए । गाउँपालिका सरकारले दिदै आएको सेवालाई निरन्तरता दिदै थप सेवा दिन गाउँपालिका सरकार लागिरहेको समेत बताए ।

नुन लिन आएका स्थानीय बासी