सुर्खेत। बिहिबार सुर्खेतबाट कालीकोटतर्फ जादै गरेको जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गलामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बिहिबार विहान भे १ च २५६० नम्बरको बोलेरो जीप उक्त सडकखण्डमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मृत्युहुनेहरु सबै भारतबाट रोजगारी गरेर घर फर्किँदै गरेका मजदुर भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ज्यान गुमाउनेमा कालिकोटको शुभकालिका गाउँपालिका– ३ का ४० वर्षीय तन्त बिक, उनका छोरा १७ वर्षीय वीरेन्द्र विक, र दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ४ का महेन्द्र शाहीको दुर्घटनामा मृत्यु भएको हो । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर शुभकालिका गाउँपालिका वडा नम्बर ३ का नरी कामी र खाँडाचक्र नगरपालिका वडा नम्बर ९ पाखाका नरेन्द्र विष्ट घाइते भएका हुन्। विष्ट जिप चालक हुनुहुन्छ । शुभकालिका गाउँपालिकाका कर्मचारीसमेत रहेका स्थानीय तिलकबहादुर शाहीले ‘मृतक सबै मजदुर रहेको जानकारी दिए । उहाँहरु सबै भारतमा काम गरेर घर फर्किंदै गर्दा दुर्घटनामा पर्नुभएको हो शाहीले भने,
घाईते दुवै जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । जिप सडकबाट झण्डै तीन सय मिटर तल खसेको थियो । जिपमा ६ जना सवार रहेको थिए ।
झिल्को खबर । १७ जेष्ठ २०८१, बिहीबार १३:५१