स्थानीय सरकारलाई बलियो बनाउन स्वयत्त अधिकार अधिकार चाहिन्छःअध्यक्ष शाही

देवराज शाही ‘अग्नी’ नेकपा माओवादीले शुरु गरेको जनयुद्धका बेला एक चर्चित कमाण्डर मध्येको एक नाम हो । २०५२ सालमा माओवादीले शुरु गरेको जनयुद्धमा उनि  २०५५ सालमा औपचारिक रुपमा भुमिकद भएर आफ्नो राजनिति जीवन शुरु गरेका थिए । माओवादी जनयुद्धका बेला प्राय सैन्य फिल्डमा सदस्य हुँदै कमाण्डरको भूमिकामा जोखिमपूर्ण राजनिति जीवन पार गरेर आएका शाही अहिले गणतन्त्र स्थापना पछि दोस्रो स्थानीय सरकार प्रमुखको रुपमा अहिले माओवादीको आधार इलाका मानिने कालिकोट पचालझरना गाउँपालिका अध्यक्षको रुपमा निर्वाचित भएर काम गरिरहेका छन् । उनै अध्यक्ष शाहीसँग झिल्को खबर डटकमका संचालक विवशकुमार सेजुवालले राजनिति जीवनसँगै स्थानीय पालिका विकासको बारेमा गरेको कुराकानीको अंश यहाँ प्रतुत गरिएको छ । 

अध्यक्षज्यू झिल्को खबर डटकममा यहाँलाई स्वागत छ ।

धन्यवाद ।

आजभोलि के गरि दिन विताइरहनु भएको छ ? 

जनताबाट निर्वाचित भएर आइसकेपछि जनताको काममै व्यस्त छु । जनयुद्धको बेलाको राजनिति जीवन र अहिले निर्वाचित भएर आइसके पछिको राजनिति जीवनमा केहि फरक छैन । जनयुद्धको बेलामा पनि म पूर्णकालिन रुपमा जनताको काममै व्यस्त थिए । अहिले निर्वाचित भएर आइसकेपछि पनि पूर्णकालिन रुपमा जनताको काममा नै व्यस्त छु । यो होइनकी निर्वाचित नहुनु भन्दा अगाडी जनताको काममा थिइन भन्न खाजेको होइन ? हिजो जनताको निम्ति स्थानीय पालिका विकासको लागि यसरी लाग्न पर्छ भनेर सुझाब दिने ठाउँमा थिए अहिले सुझाबलाई सम्मानका साथ ग्रहण गरी कार्यन्वयन गर्ने ठाउँमा छु त्यसैले जनताको काम गर्दागर्दै दिनको गएको पत्तो भएको छैन ।

तपाईले गाउँपालिका सुधार गर्नको लागि प्रमुख योजण्डा के बनाउनु भएको छ ? 

भन्दा र सुन्दा सामान्य लाग्ला तर अहिले हाम्रो गाउँपालिका भित्र सबैभन्दा पहिला गास,बास, कपास र स्वास्थ्य शिक्षा सुधार्नु पर्ने पहिलो प्रथामिकतामा पर्छ । त्यसको लागि सबैभन्दा पहिला यहाँका किसानहरुलाई खेतिपाती गर्नमा, पशुपालन, र रैथाने बालि लगाउनमा  आकर्षण बनाउनु पर्ने देखिन्छ  । दोस्रो यहाँ छरिएर रहेको बस्तिलाई एकिकृत बस्तिमा कसरी रुपमान्तरण गरी बसाल्ने त्यो योजना बनाइरहेका छौ भने तेस्रो यहाँको पालिका भित्रका जनताको बासको व्यवस्थालाई सुरक्षित बनाउनु पर्ने छ । यहाँ खरका छानाहरु छन् जसबाट आगलागी हुने सम्भावना धेरै हुन्छ त्यसको लागि पालिका सरकारबाट नै खरको छाना मुक्त बनाउदै लगिरहेका छौ पछिल्लो समयका कामहरु यस्तै यस्तै छन् ।

चुनाबमा जाने बेला बाचा गरे अनुसार काम गर्नु भएको छ ?

हामि  चुनाबमा जादा मैले र मेरो टिमले जनतालाई धेरै ठुलो सपना केहि पनि बाडेका थिएनौ । मैले त्यो बेला जनतासँग सामान्य कुरा गरेर भोट मागेको थिए । जस्तै पहिलो कुरा मैले स्वास्थ्यको गरेको थिए । दोस्रो शिक्षा क्षेत्रमा स्तर बदल्नको लागि मैले स्थानीय पाठ्यक्रम निर्माण गर्ने देखि गुणस्तरीय शिक्षाको लागि पहल गर्ने भनेको थिए । पछिल्लो समय पहाडी इलाकाहरुमा कमजोर बन्दै गएको अंग्रेजी विषयमा अलि प्रथामिकता दिनु पर्छ भनेको थिए । पछिल्लो समय मैले चुनाबी नारामा जे जे बाचा गरेको थिए त्यहि अनुसार सिङ्गो कार्यपालिकामा प्रस्ताब लगेर काम गर्ने  गरेका छौ । अहिले शैक्षिक रुपान्तरण अभियान २०८० संचालन गर्ने निर्णय गरे अनुसार हामि अहिले यो अभियानमा व्यस्त छौ ।

तपाई त जनयुद्ध लडेर आउनु भएको मान्छे जनयुद्धमा लागेकाहरुको निम्ति र उनका परिवारको लागि के सोच्नु भएको छ ?

तत्कालिन अवस्थामा हामि जनयुद्धमा जादा सायद अहिले जुन जीवन पाएका छौ त्यो जीवनको कल्पना पनि गरेका थिएनौ । हामि जति जनयुद्धमा लागेका थियौ सबैले ‘जिते संसार हारे हत्कडी’ भन्ने कसम खाएका थियौ । संयोग आज नेपाललाई यो अबस्थामा पु¥याउनको निम्ति धेरै साथिहरुले महान जनयुद्धमा रगत बगाउनु भयो धेरै अहिले घाइते अबस्थामा हुनुहुन्छ धेरै साथिहरु बेपत्ता हुनुुहुन्छ हामि बाँचेकाहरु अहिले कोहि सत्ता संचालन गरिरहेका छौ कोहि खबदारी गरिरहेका छौ । म जनयुद्धहुँदै स्थानीय सरकार संचालनको प्रमुख हँुदै गर्दा हामिले गाउँपालिका भित्र यदि रोजदारी दिनु पर्ने भयो भने पहिला शहिद परिवारका छोराछोरी र शहिद परिवारलाई पहिलो प्रथामिकतामा राखेका छौ अरु भन्दा रोजगारीमा १० नम्बर शहिद परिवारलाई पालिका सरकारले बोनस दिने निर्णय गरेको छ तर अहिले गाउँपालिका आत्मनिर्भर छैन नयाँ रोजगारी केहि सिर्जना गर्न सकिएको छैन तर पनि जनयुद्धमा शहिद, घाइते र बेपत्ता योद्धाहरुले पु¥याएको योगदानको कदर गर्दै प्रत्येक बर्ष सम्मान गर्ने गरेका छौ ।

स्थानीय स्तरमा मसस्या के के छन् ? 

स्थानीय स्तरमा धेरै समस्याहरु छन् । सिमित साधान श्रोतमा असिमित आवश्यकताका बीच हामिले काम गर्नु पर्ने बाध्यता छन् । भुगोलमा विकटकता छ । अशिक्षाका र पूर्वाग्राही सोचका कारण राम्रो काम गर्न खोज्दा पनि काम गर्न सक्ने अवस्था छैन । पालिका भित्र आन्तरिक आयश्रोत छैन । यी सबै समस्या सामाधन गर्नको लागि पछिल्लो समय हामिले कृषिमा सामुहिककरण  गर्ने सोच बनाएका  छौ । अझै तपाईलाई खुलेरै भन्दा यहाँको मुल समस्या भनेको नै आफ्नो माटोलाई जब सम्म यहाँका कृषकहरुले चिन्दैनन् तबसम्म यहाँको आयश्रोत वृद्धि हुँदैन यी सबै समस्या सामाधन गर्न र यहाँको रैथाने बालिको संरक्षण मार्फत स्थानीय स्तरको आयश्रोत बढाउनको लागि अगुवा कृषकहरुलाई प्रेरणा दिने गरी काम गरेका छौ ।

 पछिल्लो समय गाउँपालिकामा के कस्ता काम भएका छन् ? 

पछिल्लो समय गाउँपालिका भित्र विकास निर्माणमा जोड दिएका छौ । ३ र ६ नम्बर वडामा रोडको पहुच थिएन त्यो रोड पु¥याएका छौ । स्कुलमा भवन निर्माण गरेका छौ बर्थिङ सेन्टर निर्माण गरेका छौ । स्वास्थ्य क्षेत्रमा मेडिकल अधिकृत डाक्टरबाट नियमित सेवा दिएका छौ । सुन्दा अचम्म लाग्ला यहाँका जनताले एक पोका नुन लिन सदरमुकाम धाउनु पर्ने बाध्यता थियो त्यो बाध्यतालाई बुझेर नै पालिका भित्र नुन बितरण केन्द्र नियमित संचालनमा ल्याएका छौ । स्वास्थ्यमा ‘मेरो आमालाई निम्तो , माइतीको नासो’ कार्यक्रम र मेरो सन्तान मेरो सान गर्भवती तथा सुत्केरीलाई निसुल्क क्याल्सीयम वितरण गरेका छौ । बर्षको एक पटक निशुल्क स्वास्थ्य शिविर संचालन गरेका छौ । यस्तै धेरै काम गरेका छौ ।

सरकार संचालन गर्दा र बाहिर बाट भाषण गर्दा के फरक छ ? 

बाहिर बस्दा भन्दा त्यहाँ पुगर काम गर्दा धेरै फरक पर्दो रहेछ । त्यहाँ पुग्दा संविधान र नियममा रहेर काम गर्नु पर्छ । पछिल्लो समय नेपालको कानुन र संविधानका कारण जनतालाई दिएका बाचा पुरा गर्न अलि गाह्रो हुने रहेछ । निति र विधिका कारण अलि कठिन बन्दो रहेछ । निति र विधि बनाउदा पनि कहिले काँहि प्रदेश, संघ सँग मिल्दा फरक पर्नाले केहि कामहरु गर्न कठिनाई आउछन् । तर नेपाल सरकारले स्थानीय सरकारलाई र प्रदेश सरकारलाई स्वयत्त सरकारको रुपमा संचालन गर्न दिए मात्र स्थानीय स्तरमा भनेको जस्तो विकास गर्न सकिन्छ नत्र आफुले सोचे अनुसार भन्दा पनि संघीय सरकारको अधिनमा रहेर काम गर्नाले स्थानीय स्तरमा विकासको प्रत्याभूति दिन सकिदैन भन्ने लाग्छ ।

स्थानीय सरकार संचालन गर्दा के समस्या आउछन् ?

स्थानीय सरकार संचालन गर्दा पहिलो नम्बरमा त तीन तहको सरकार भनेको छ तर अधिकार दिएको छैन । त्यसले मुख्य समस्या पारेको छ  । केहि नयाँ काम गर्ने इच्छा हुँदा हुँदै पनि नियम कानुन बाझिने भएकाले काम गर्न नसक्नु नै मुख्य समस्या छ । मैले अघि माथि पनि भने स्थानीय सरकारलाई बलियो नबनाएसम्म यसलाई अधिकार सम्पन्न नगरेसम्म समस्याहरु प्रत्येक बर्ष थपिदै जान्छन् सकिनेवाला छैनन् यसमा सबै सरोकारवालाहरुले आवाज उठाउन जरुरी छ ।

तपाइको कार्याकालमा देखिने गरेर अब के के काम गर्नु हुन्छ ? 

मेरो कार्याकालमा धेरै कामहरु देखिने गरेर नै भएका छन् । नुन वितरणको कुरा गर्नुहोस् । स्वास्थ्यको कुरा गर्नुहोस् । बाटोघाटोको कुरा गर्नुहोस् । शिक्षा क्षेत्रको कुरा गर्नुहोस् । यहाँका पर्यटकीय क्षेत्रको कुरा गर्नुहोस् । सबै देखिने गरेर त काम भएका छन् । तपाइहरुले पनि केहिकाँही कालिकोट पचालझरनामा पुगेर हेरिदिनु प¥यो राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भनेर बाहिर ल्याइदिनु प¥यो । मेरो व्यक्तिगत स्वभाव प्रसार प्रचार गर्ने छैन धेरै कामहरु देखिने गरेर गरेको छु र गर्दै जाने छु ।

स्थानीय पाठ्यक्रम निर्माण गर्दा जनयुद्धको विषयलाई लिएर  संसदमै विरोध भयो नि ?

हेर्नुहोस् जो ले जे भने पनि खासमा पुरातनबादी सोच भएकाहरुले हामिले जनयुद्धबाट ल्याएको परिवर्तनको उपभोग गरेका छन् तर त्यसको नाम सुन्न चाहदैनन् । त्यस्तो दरिद्र सोच भएकाहरुसँग मैले भन्नु केहि पनि छैन । आज जुन व्यवस्था आएको छ त्यो व्यवस्था ल्याउनको लागि जनयुद्धको योगदान कति थियो भन्ने कुरा स्वंयम उनिहरुलाई पनि थाहा छ । तर बाहिर भन्न रुचाउदैनन् । हामि त आफै त्यो परिवर्तनको आन्दोलनमा सहभागि भयौ । तर आउने पुस्तालाई पनि यसको बारेमा जानकारी दिनु हाम्रो कर्तव्य हो । त्यसैले धेरै मान्छेले नेपाली जनयुद्धको बारेमा अध्ययन गरेर विद्याबारिधी गरिसके भने हामिले यसको बारेमा जानकारी दिन किन नपाउने ? संविधान कानुनमा रहेर हामिले आफ्नो स्थानीय पाठ्यक्रम निर्माण गरेका हौ त्यसको विरोध गर्नुको कुनै तुक छैन यो नियमित चल्दै जान्छ ।

पार्टी र सरकार बीचमा के कस्तो सम्बन्ध छ ? 

हामि पार्टीबाट टिकट ल्याएर पार्टीको प्रतिनिधित्व गरेर सरकारमा पुगेको हुँनाले पार्टीको आदेश र पार्टीको अनुमति बेगर केहि काम गरेका छैनौ । सरकार र पार्टी बीचको सम्बन्ध राम्रो छ त्यो म प्रतिनिधित्व गर्ने पार्टी मात्र होइन की पालिका भित्रका सबै राजनिति दलहरुसँग मेरो सरकार प्रमुखका हैसियतले राम्रो सम्बन्ध छ । त्यस्तो केहि छैन ।

यहाँको रैथाने बालि संरक्षण गर्नका लागि के कस्ता योजना बनाउनु भएको छ ? 

अब यो सबै एकै चोटी गर्न नसकिने रहेनछ । रैथाने बालिलाई सहकारी मार्फत बजारिकरण गर्ने उदेश्य छ । कृषिमा अनुदान दिएर भए पनि कृषि क्षेत्रमा नियमिता दिने सोच बनाएका छौ । पछिल्लो समय मान्छे आफुले फलाएर अन्न खाने भन्दा पनि अरुले फलाएको किनेर खाने बानिको विकास भएको छ । त्यसैले अब  एक वडा एक सफल कृषक पुरुस्कृत गर्ने र अनुदान दिने सोचमा छौ ।

कर्मचारीहरुबाट कत्तिको सहयोग पाउनु भएको छ ?

कर्मचारीहरुबाट त्यस्तो असहयोग भन्ने छैन । सकर्मचारी र जन प्रतिनिधिको सम्बन्धमा सुमधुर हुनु पर्छ  भन्ने मान्यता राख्ने मान्छे हुँ म त्यस्तो केहि असहयोग भन्ने छैन सबैले सहयोग गर्नु भएको छ ।

पर्यटन क्षेत्रमा के के सोच्नु भएको छ ?

पचाल झरना लाई प्रसार प्रचार गर्नु पर्ने छ आन्तरिक र बाहिरिय  पर्यटकहरुलाई केन्द्रीत गराउने योजना छ । पचालझरना प्रमाणीकरण भयो भने यो योजना तुरुन्तै लागु गर्ने योजनामा छौ ।

अन्तर पालिकाहरुसँग भगेनी सम्बन्ध गास्नु भयो मुख्य यजण्डा के के हुन् ?

हामि सबै कुरा सिकेर आएका हुँदैनौ धेरै कुरा अरुबाट पनि सिक्नु पर्छ त्यसैले असल काम र योजना सिक्नको लागि हामिले दुई ठाँउमा भाइचारा सम्बन्ध कायम राखेका छौ । आन्तरिक, राजनिति, आर्थिक, पर्यटककीय, प्रसाशानीक र अन्य असल अभ्यास सिक्न यो योजना लागु ग¥यौ । भरतपुर महानगर पालिका सँगको सम्बन्धमा विकास निर्माणमा सहयोग गर्ने गरी र हेटौडा उप महानगर पालिकासँग भगेनी सम्बन्ध कायम भएको छ यसले हाम्रो पालिका र विकास निर्माणको क्षेत्रमा राम्रो भूमिका खेल्ने हामिले अपेक्षा गरेका छौ ।

समय दिनु भयो धन्यवाद 

झिल्को खबर डटकम मार्फत मेरो हाम्रो गाउँपालिकाको विचार राख्ने मौका दिनु भयो त्यसको लागि तपाई र तपाईको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ।