सुर्खेत । सुर्खेत महिला जेसीज बर्ष २०२५ द्वारा सरस्वती पुजाको अबसर पारी शैक्षिक सामाग्री वितरण गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ धुलियाविटमा रहेको श्री शिव माध्यामिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको सुर्खेत महिला जेसीज बर्ष २०२५ का अध्यक्ष कमला बस्याल देवकोटाले जानकारी दिइन् ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा वडा नं. ११ का अध्यक्ष खिमलाल देवकोटाले महिला जेसीज बर्ष २०२५ ले सामाजिक कार्यमा गरेको सहयोग देखेर आफु खुसी भएको बताए । आउने दिनमा पनि सुर्खेत महिला जेसीज बर्ष २०२५ ले समाजमा यस्ता खालका सकरात्मक कामलाई निरन्तरता दिन आग्रह गरे ।
शैक्षिक सामाग्री बुझ्दै शिव माध्यामिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद पौडेलले जेसीजको यो सहयोगले विद्यार्थीको पढाईमा ठुलो सहयोग पुगेको बताउदै आउने दिनमा पनि सुर्खेत महिला जेसीजबाट विद्यालयले सहयोगको अपेक्षा गरेको बताए ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा सुर्खेत महिला जेसीजका संस्थापक अध्यक्ष सीमा चन्द, सुर्खेत महिला जेसीज वर्ष २०१८ का अध्यक्ष कृति गुभाजु शाक्य, वर्ष २०२० का अध्यक्ष प्रमी शाक्य लगायतको उपस्थिति रहेको थियो ।
झिल्को खबर । २० माघ २०८१, आईतवार ०७:१९