
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र हाजिरी जमानीमा रिहा हुनुभएको छ ।
गएको चैत १५ मा तीनकुनेको हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ गरेर प्रहरीले मिश्रमाथि सङ्गठित अपराध, राज्य द्रोह र आपराधिक उपद्रवका तीन कसूरमा अनुसन्धान गरेको थियो ।
आठ पटक म्याद थप्दा पनि हिरासत लम्ब्याउने सरकारी प्रयास भएको भन्दै मिश्रले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।
हिजो सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले मिश्रलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दियो । सर्वोच्चको आदेशसँगै मिश्र हाजिरी जमानीमा रिहा हुनुभएको हो ।
यसैबिच थुनामुक्त गर्न आदेश दिएपछि अदालत परिसरमा संक्षिप्त प्रतिक्रिया दिँदै मिश्रले आफू राजसंस्था पुनःस्थापनाका लागि राजनीतिक रुपमा लागेको प्रष्टीकरण दिए। मिश्रले आफूले राज्यविरुद्धको कसुर नगरेको बताएका छन्। उनले आफू अहिले हाजिर जमानीमा छुटेकाले खुसी हुने पक्षमा नरहेको भन्दै चैत १५ को प्रदर्शनमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे।
झिल्को खबर । ४ जेष्ठ २०८२, शनिबार ०८:०७