सुर्खेत । नेकपा (माओवादी केन्द्र)कर्णाली प्रदेश सभा संसदीय दल नेता राजकुमार शर्माले सुनको डल्लो कर्णालीलाई गहना बनाउने कालिगडको आवश्यकता रहेको बताएका छन् ।
कर्णाली प्रदेश सभा दोस्रो कार्याकालको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता शर्माले यस्तो बताएका हुन् ।
व्यवस्था परिबर्तनकै लागि नेपाली जनताले सात दशक लामो संघर्ष गर्नु परेको उल्लेख गर्दै नेता शर्माले अब आउने दिनहरुमा कर्णालीका सबै राजनितिदलहरुले कर्णालीको दुश्मनको रुपमा रहेको गरिबीसँग सबैले संघर्ष गर्नु पर्ने बताए ।
‘जबसम्म कर्णालीको गरिबीको अन्त्य हुदैन तब सम्म सबै मिलेर कर्णालीको गरिबी अन्त्य गर्नको लागि साझा अबधारणा चाहिएको छ,’ ‘नेता शर्माले भने, ‘त्यसको लागि सबै मिलेर अगाडी बढ्नुको विकल्प छैन,।’
झिल्को खबर । १८ पुष २०७९, सोमबार १५:३९