आगमी आर्थिक बर्षका लागि राय सुझाव पेश गर्न पचालझरना गाउँपालिकाको सार्वजनिक आह्वान

सुर्खेत । कालिकोट पचालझरना गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷०८१ को निति तथा कार्यक्रम तयार गर्न लागेको भन्दै केहि राय सुझाव भए गाउँपालिकामा पेश गर्न सार्वजनिक आह्वान गरेको छ ।

गाउँपालिका अध्यक्ष देवराज शाहीले एक सूचना जारी गर्दै गाउँपालिका भित्रका सम्पूर्ण नागरिक, राजनिति दल, बुद्धिजिवी, पत्रकार,उपभोक्ता समिति,उद्योगी व्यवसायी, जनप्रतिनिधि र सरोकारवालाहरुलाई ३२ जेठ २०८० सम्म गाउँपालिकामा पुग्ने गरी फोन, मेसेज,इमेल र पत्र मार्फत आफ्ना सुझावहरु पेश गर्न सार्वजनिक आह्वान गरेका हुन् ।

अध्यक्ष शाहीले जारी गरेको सूचना अनुसार सुझावको लागि फोन नम्वर समेत सार्वजनिक गरिएको छ । सुझाव दिन चाहनेहरुको लागि ९८४८१९७२३३ र ९८६८९६८३०८ मा सम्पर्क गरेर सुझाव पेश गर्न सकिने छ ।

आर्थिक बर्ष २०७९÷०८० को बजेट तथा कार्यक्रम कार्यन्वयनको अन्तिम चरणमा रहेको भन्दै आगमी आर्थिक बर्षको लागि सार्वजनिक राय सुझाव आह्वान गरिएको गाँउपालिकाले जनाएको छ । चालु आर्थिक बर्षका कार्यक्रम तथा योजना कार्यन्वयनका बारेमा समयमै सम्पन्न गरी आवश्यक कागजात पेश भुक्तानी लिन समेत अनुरोध गरिएको छ ।