रोहित बेन्चमा

एजेन्सी – क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनलले पहिले बलिङ गर्दैछ ।

टोरोन्टोका कप्तान कोलिन मुनरोले बंग्ला टाईगर्सविरुद्ध टस जितेर बलिङ रोजेका हुन् । टाईगर्सविरुद्धको खेलमा रोहित भने बेन्चमा रहेका छन् ।

टोरोन्टोले पहिलो र दोस्रो खेलमा जित निकाल्दा तेस्रो खेलमा पराजित भएको  थियो । सोमबार बिहान भएको खेलमा टोरोन्टो सर्रे ज्याकवार्ससँग ८० रनले पराजित भएको थियो । सर्रेविरुद्धको खेलमा रोहितले २५ बलमा १० रन मात्र बनाएका थिए ।

६ टोली सहभागी लिगमा टोरोन्टो दोस्रो स्थानमा छ । २ खेलमा २ अंकका साथ टाइगर्स पुछारबाट दोस्रो स्थानमा छ ।