सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहि माघ २८ सुर्खेत आउने भएका छन् ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीको बैठकमा सहभागि हुन प्रचण्ड सुर्खेत आउन लागेको माओवादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष विमला केसीले जानकारी दिएकी छन् ।
अध्यक्ष केसीका अनुसार माओवादी केन्द्र कर्णाली प्रदेशको बैठक वीरेन्द्रनगर सुर्खेतमा माघ २८÷२९ गतेसम्म संचालन हुने छ ।
बैठको लागि सामाजिक संजाल फेसबुकमा एक सूचना जारी गर्दै अध्यक्ष केसीले प्रदेश बैठकको लागि यहि माघ ६ गते जारी गरिएको परिपत्र अनुसार नै सबैलाई खबर गर्न अनुरोध गरेकी छन् ।
यो भन्दा अगाडी तोकिएको मितिमा कर्णाली प्रदेश समितीको बैठक स्थगित भएको थियो ।
झिल्को खबर । २३ माघ २०८१, बुधबार १३:०५