खेलमा भविस्य खोज्दै सिमा

कक्षा ७ मा पढ्ने बेला देखि खेल क्षेत्रमा औपचारिक रुपमा प्रवेश गरकी दाङ्ग राप्ती गाउँपालिका वडा नं. ६ पथरगठ्वाकी   सिमा चौधरी कुनै बेला डाक्टर बन्ने सपना बोकेकी थिइन् ।

जब २०७१ सालमा बसन्त पञ्चमीको अबसरमा सिमाको गाउँ पत्थर गडुवामा मेला लाग्यो अनि स्कुलमा पनि त्यसकै अबसरमा खेलकुद प्रतियोगिताको आयोजना भयो । त्यहि समयमा सिमालाई स्कुलमा शिक्षकले गर्दा खेलकुदमा भाग लिने अबसर जुर्यो । पहिलो पटक खेलकुदमा भाग लिएकी सिमा पहिलो पटक नै स्कुल प्रथम भइन् । त्यहि दिनले सिमालाई खेलकुदमा लाग्नको लागी प्रेरणा दियो ।

सातौ राष्ट्रिपती रनिङ्ग शिल्डमा तत्कालिन मध्यपश्चिम क्षेत्रबाट पहिलो पटक भाग लिएकी सिमाले त्यो बेला राष्ट्रिय रुपमा तृतिय र तत्कालिन मध्यपश्चिम क्षेत्रको प्रथम हुन सफल भइन् खेल क्षेत्रमा लागेको छोटो समयमा नै सिमाले पाएको उपलब्धिले उनलाई खेल क्षेत्रमा लाग्नको लागी झन हौसला दियो र उनले निरन्तर खेल क्षेत्रमा लाग्ने निधो गरिन् ।

४४ औं एथलेटिक्स प्रतियोगितामा खेल खेल्दै सिमा चौधरी फोटो विवशकुमार सेजुवाल

‘मेरो स्कुल जीवनमा पढाई धेरै राम्रो थियो तर साथिहरु मलाई खेल क्षेत्र तिर लाग्नु भन्दा अलि बढि पढेर आइल्स गरी विदेश जाने बाटो देखाउदै थिए नदेखाउन् पनि कसरी म सँगै पढेका धेरै साथिहरु विदेश गएर पैसा कमाइरहेका छन्, ‘सिमाले भनिन्,’ ‘तर मैले खेल क्षेत्र छोड्न सकिरहेकी छैन किन की मेरो घरबाट पनि मलाई आफ्नो सपना पुरा गर्नको लागी राम्रो सहयोग भएको छ त्यसैले मेरो ध्यान अन्त कतै गएको छैन,।’

सातौं राष्ट्रिपती रनिङ्ग शिल्ड, आठौं राष्ट्रिय गेम देखि हालै सम्पन्न भएको ४४ औं नेश्नल एथ्लेटिक्स च्याम्पेनसिप प्रयोगिता सम्म आउदा राष्ट्रिय स्तरका धेरै गेमहरुमा निरन्तर रुपमा सहभागी हुदै आएकी सिमाले अहिले सम्म एक सय भन्दा बढि मेडलहरु जितिसकेकी छन् । राष्ट्रिय स्तरमा आयोजना हुने गेमहरुमा सिमाले कुनै न कुनै स्थान प्राप्त गरेकी नै छिन् उनले अहिले सम्म तृतिय भन्दा तल झर्नु परेको छैन । म सहभागी भएको खेलमा कुनै न कुनै मेडल जित्ने भएकोले मैले हार्छु भन्ने मलाई अहिले कुनै पनि खेलमा लाग्दैन उनी भन्छिन्,।’

४४ औं एथलेटिक्स प्रतियोगितामा विजयी पछि सिमा चौधरी फोटो विवशकुमार सेजुवाल

कहिलेकाही खेल क्षेत्रमा निरन्तर लाग्दै गर्दा आफ्नो नियमति हुने पढाईमा भने केहि असर भएको सिमाको दुखेसो छ । तर खेलक्षेत्रबाट बचेको समयलाई सहि ढंगले सदुपयोग गर्नाले आफुलाई बढाईमा पछुताउनु पर्ने दिन नआएको उनले बताइन् ।

‘औपचारिक रुपमा खेल क्षेत्रमा लागे देखि अहिले सम्म आफुले हार्नु नपरेको भन्दै सिमाले भनिन्, ‘ मेरो भाग्य हो वा लक हो थर्ड सम्म त मेरो पोजिशन आएकै हुन्छ हार नै भएर कुनै पनि खेलबाट घर फर्किनु परेको छैन,।’

छोटो समयमा राम्रो सफलता हात पारेकी सिमालाई नेपालमा खेलाडीहरुको व्यवस्थापनमा भने निकै कमजारी भएको बताउछिन् । ‘म जन्मेको र हुर्केको दाङ्गमा हो मेरो परिवार धेरै हाइफाई पनि होइन धेरै नाजुक अबस्थाको पनि होइन मध्यम खालको परिवार भएकोले मैले घरबाट राम्रो सहयोग पाएकी छु, ‘उनले भनिन्,’ ‘तर केहिलेकाही भइपरी आउने अभावले भने दुख दिएको छ यस्तो अबस्था आउन नदिनको लागी नेपाल एथ्लेटिक्सले नै गम्भिर भएर खेलाडीहरुको लागी सोच्नु पर्छ,।’

४४ औं एथलेटिक्स प्रतियोगितामा खेल खेल्दै सिमा चौधरी फोटो विवशकुमार सेजुवाल

अहिले नेपाल पुलिस क्लबबाट कन्ट्याक्टमा खेलिरहेकी सिमा बिस्तारै नेपाल प्रहरीमा औपचारिक रुपमा जागिरे जीवनका साथै खेल जीवनलाई त्यहि पेसाबाट व्यवस्थित गर्ने सोचमा छिन् । जहाँबाट भए पनि खेल क्षेत्रलाई निरन्तरता दिने हो खेल जीवन भन्दा बाहिरको जीवन आफुले कल्पना सम्म गरेको सिमाले बताउने गरेकी छिन् ।