
सुर्खेत । कर्णाली प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य गर्ने सरकारले निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार बेलुका राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।
त्यसका लागि सरकारले आइतबार नै प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने छ ।
यस्तै अन्य ११ वटा निर्णय भएका छन् । किटनासक विषादी विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय पनि भएको उनले बताए ।
यस्तै दैविक प्रकोपवाला असिनापीडित किसानका लागि राहत रकम उपलब्ध गराउने निर्णय भएको छ । शाहका अनुसार रकमान्तर गरेर ७३ लाख बराबरको राहत रकम वितरण गर्न लागिएको उनले बताए ।
झिल्को खबर । १७ चैत्र २०८१, आईतवार १५:५३