कास्मिर हमलामा मारिनेमा एक नेपाली पनि

काठमाडौं । भारतको कास्मिरको पहलगामस्थित बैसारन उपत्यकामा भएको हमलामा एक नेपाली पनि मारिएका छ

भारतीय पर्यटकमाथि लक्षित गर्दै भएको हमलामा एक नेपाली नागरिकको पनि मृत्यु भएको भास्करडटकमले जनाएको छ ।

नेपाली नागरिक मारिएको बताइए पनि उनको नाम र ठेगाना भन्ने उल्लेख छैन । नेपालीसँगै यूएईका एक नागरिक पनि रहेको समाचारमा उल्लेख छ । २८ जनामा अन्य सबै भारतीय रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

हमला पहलगामबाट ५ किलोमिटर टाढा बैसारन उपत्यकामा भएको थियो । बताइएको छ । जम्मू र कास्मिर प्रहरीका निरीक्षक महानिर्देशक विदीकुमार बिर्डीले बीबीसी हिन्दीलाई बताएअनुसार हमला भएको क्षेत्रसम्म प्रहरी अझै पुग्न सकेको छैन ।

यो हमलाबारे अहिलेसम्म कुनै समूहले पनि जिम्मा लिएको छैन ।

हमलापछि साउदी अरबको यात्रा छोट्याएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार राति नै स्वेदेश फर्किएको टाइम्स अफ इन्डियाले जनाएको छ । पूर्वनिर्धारित समयअनुसार उनी बुधबार रातिमात्र फर्किने योजना थियो ।