
सुर्खेत । जाजरकोट केन्द्रबिन्दु भएर दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ।
तीन मिनेटको फरकमा जाजरकोटका पैंक केन्द्रबिन्दु भएर पहिलो भूकम्प शुक्रबार साँझ ८ बजेर ७ मिनेटको समयमा ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ८ः१० बजे अर्को भूकम्प ५.५ म्याग्निच्युडको भूकम्प गएको हो।
दुबै भुकम्पको केन्द्रविन्दु पैक आसपास नै रहेको बताइएको छ । हालसम्म कुनै मानविय क्षतिको खवर प्राप्त नभएको पाइएको छ । यद्यपी भुकप्पको धक्का कर्णली प्रदेशका आशपासका जिल्लाहरुमा पनी महसुस गरीएको छ ।
झिल्को खबर । २२ चैत्र २०८१, शुक्रबार २१:००