डम्बर रोकाया ‘राकेश’ सम्मानित

अछाम । जनवादी कलाकार डम्बर रोकाया ‘राकेश’ सम्मानित भएका छन् ।

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय द्धारा विभिन्न बिधाका स्रष्टाहरुलाई प्रदान गरिदै आएको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार अन्तर्गत संगित तथा नाट्य बिधामा सुदुरपश्चिम प्रदेशबाट डम्बर रोकाया ‘राकेश’ सम्मानित भएका हुन् ।

माओवादी जनयुद्व कालमा सेति,महाकाली क्षेत्रमा साँस्कृतिक आन्दोलनको नेतृत्वदायी भूमिकामा रहेका कलाकार रोकाया अछाम रामारोशन निबासी हुन् ।

माओवादी जनयुद्वकालमा रोकायाले सिर्जना गरेका गीतहरु पहाडको टाकुरी चम्के चम्के खुकुरी, हातको राइफल भुईमा खस्दा, लगायतका गीतहरु चर्तित गीतहरुमा पर्दछन् । रोकाया माआवादी जनयुद्वमा सानो उमेर देखि सहभागि भएका कलाकार मध्येका एक हुन् ।